अमेरिकामा बेरोजगारी भत्ता माग्नेको संख्यामा कमी: कामदार बजार अझै बलियो

इनेप्लिज २०८२ पुष ९ गते २१:५१ मा प्रकाशित

अमेरिकामा बेरोजगारी दाबी फेरि घटेको छ। अमेरिकी श्रम विभागका अनुसार, डिसेम्बर २० मा समाप्त भएको हप्ता २१४,००० व्यक्तिले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्।

एबिसीन्यूजमा प्रकाशित समाचार भन्दा यो अघिल्लो हप्ताको २२४,००० भन्दा कम हो । विश्लेषकहरूले अनुमान गरेका २३२,००० भन्दा कम रहेकाले यो सकारात्मक संकेत हो।

यो बेरोजगारी आवेदन संख्या रोजगारी बजारको स्वास्थ्यको वास्तविक समयको संकेत मानिन्छ। यसैबीच, नोभेम्बरमा ६४,००० नयाँ जागिर थपिएको थियो ।

तर अक्टोबरमा १,०५,००० जागिर घट्यो। विशेष गरी संघिय कर्मचारीहरूको कटौती र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजनाका कारण जागिर घटेको थियो।

यता बेरोजगारी दर पनि बढेर ४.६% पुगेको छ, जुन २०२१ पछिको उच्च स्तर हो। रोजगार सिर्जना मार्चदेखि घटेर महिनामा औसत ३५,००० पुगेको छ, अघिल्लो वर्षको ७१,००० को तुलना गर्दा आधा जस्तो रहेको छ ।

फेडरल रिजर्भ अर्थात् केन्द्रिय बैंकले यस महिनामा ब्याज दरमा ०.२५ प्रतिशत घटाउँदा रोजगारी कमजोर भएको चिन्ता कम गर्न खोजेको हो। हालैका रोजगार कटौती गर्ने प्रतिष्ठानहरूमा युपीएस ,जेनेरल मोटर्स ,एमाजोन र भेराइजन छन्,तर सरकारी तथ्यांकमा देखिन अझै समय लाग्छ।

तस्बिर: कृतिम बुद्धिमत्ता

प्रतिक्रिया