मेरिल्यान्डमा आइसिई गुप्तचरहरुलाई गाडीले आक्रमण गर्ने चालकमाथी गोली प्रहार हुँदा २ जना घाइते

इनेप्लिज २०८२ पुष ९ गते २१:१९ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्ड राज्यमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसिइ ) अर्थात् अमेरिकी अध्यागमन तथा भंसार प्रवर्तन बिभागका गुप्तचरलाई गाडीले प्रहार गर्ने चालकमाथी गोली चलाईएको छ । उक्त गोली काण्डमा २ जना घाइते भएका छन्।

उक्त घटना क्रिसमस को पूर्वसन्ध्याका दिन बुधबार बिहान करिब १०:५१ बजे, बाल्टिमोर नजिकैको ग्लेन बर्नी क्षेत्रमा आइसिइका गुप्तचरहरू आफ्नो काम गरिरहेका बेला यो घटना भएको एनी अरुन्डेल काउन्टी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइसिइ गुप्तचरहरूले एउटा सेतो गाडी (भ्यान) नजिक पुगेपछि उक्त गाडीले गुप्तचरहरूलाई ठोक्काउन खोजेका थिए । आफ्नो ज्यान जोखिममा परेको ठानेर आइसिइ गुप्तचरहरूले गाडी (भ्यान)तर्फ गोली चलाए।

गोली लागेपछि गाडी तीव्र गतिमा अघि बढ्दै घरहरू पछाडिको जंगल क्षेत्रमा गएर रोकिएको प्रहरीले बताएको छ। सवारी साधननभित्र रहेका एक जना व्यक्ति गोली लागेर अस्पतालमा भर्ना छन् र उनको अवस्था स्थिर छ।

गाडी बाहिर रहेका अर्का एक जनालाई सामान्य चोट लागेको छ र उनी पनि अस्पताल लगिएका छन्।

गृह सुरक्षा विभागका अनुसार, गाडी चालक पोर्चुगलका नागरिक हुन् । अवैध रूपमा अमेरिका बसेका थिए। उनले गाडी बन्द गर्न अस्वीकार गर्दै सीधै आईसिइ गुप्तचरतर्फ गाडी हाँकेका थिए।

मेरिल्यान्डका गभर्नर वेस मुरले घटनाबारे जानकारी भएको भन्दै स्थानीय निकायसँग समन्वयमा रहने बताएका छन्।

प्रतिक्रिया