
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो माथि दबाब झन् बढाउँदै पद छोड्नु नै उनका लागि “बुद्धिमानी निर्णय” हुने बताएका छन्। फ्लोरिडास्थित मारो लागो क्लबमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलामा आफ्नो प्रशासनको अन्तिम लक्ष्य मादुरोलाई सत्ताबाट हटाउनु हो कि होइन भन्ने प्रश्नमा, “त्यो उनको निर्णय हो, तर पद छोड्नु नै राम्रो हुनेछ,” भने।
ट्रम्पले मादुरोलाई “कडा नबन्न” चेतावनी पनि दिए। “यदि उनले कडा खेल खेले, त्यो अन्तिम पटक हुनेछ,” । उनले भेनेजुएलाका लागि अमेरिकासँग दक्षिण अमेरिकामै सबैभन्दा ठूलो सैन्य शक्ति तयार अवस्थामा रहेको दाबी गरे।
एबिसीन्यूजका अनुसार हाल क्यारिबियन क्षेत्रमा १५ हजार अमेरिकी सैनिक र धेरै युद्धपोत तैनाथ छन्। यसअघि ट्रम्पले भेनेजुएलामा जाने–आउने तेल वाहन जहाज (ट्यांकर)हरूमा पूर्ण नाकाबन्दीको आदेश दिएका थिए।
तर मादुरोले नाकाबन्दीका बाबजुद तेल व्यापार जारी रहने भन्दै सत्ता परिवर्तन कहिल्यै नहुने दाबी गरेका छन्। साथै, ट्रम्पले समुद्रपछि जमिनमै पनि लागूपदार्थविरुद्ध सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन्, जुन भेनेजुएलामात्र नभई अन्य देशमा पनि लागू हुन सक्ने उनले बताए।
प्रतिक्रिया