मृतकका नाममा अर्बौँको चलखेल: अमेरिकी सरकारले गुमायो २०० मिलियन डलरभन्दा बढी

इनेप्लिज २०८२ पुष ८ गते १९:३४ मा प्रकाशित

अमेरिकी स्वास्थ्य र मानव सेवा विभागको स्वतन्त्र निगरानी निकायले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन अनुसार सन् २०२१ र २०२२ को बीचमा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा स्वास्थ्य सेवा प्रदायकहरूलाई २०० मिलियन डलर भन्दा बढी गलत भुक्तानी गरिएको पाइएको छ।

यद्यपि, निरीक्षण/अनुगमन कार्यालयले रिपब्लिकन दलको बृहत सुन्दर विधेयक  ‘वान बिग ब्युटिफुल बिल’  मा समावेश नयाँ प्रावधानले भविष्यमा यस्ता गलत भुक्तानी कम गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ। 

यस प्रावधानले राज्यहरूलाई आफ्ना ‘मेडिकेड’ लाभग्राहीहरूको सूची अनिवार्य रूपमा अडिट (लेखापरीक्षण) गर्न निर्देशन दिएको छ।

लेखा सेवा कार्यालयका सहायक क्षेत्रीय अधिकारी एनेर सान्चेजले ‘द एसोसिएटेड प्रेस’ लाई दिएको जानकारी अनुसार, यस्ता गलत भुक्तानीहरू कुनै एउटा राज्यमा मात्र सीमित नभई देशैभरि एक गम्भीर समस्याको रूपमा रहेको छ। 

सान्चेजले विगत एक दशकदेखि यस विषयमा अनुसन्धान गरिरहेका छन्।

मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनमा सन् २०२१ जुलाईदेखि २०२२ जुलाईको अवधिमा मृतक दर्ता भएका व्यक्तिहरूको तर्फबाट २०७.५ मिलियन डलर भुक्तानी भएको उल्लेख छ। 

निगरानी निकायले संघीय सरकारलाई ‘फुल डेथ मास्टर फाइल’ अर्थात पूर्ण मृत्यु अभिलेख फाइल जस्ता सामाजिक सुरक्षा तथ्यॅाकहरु राज्य सरकारसँग साझा गर्न सिफारिस गरेको छ । 

यस मिसिलमा सन् १८९९ देखिका १४ करोड २० लाखभन्दा बढी मृतकको विवरण छ।

यद्यपि, परिचय चोरी र जालसाजी रोक्न बनाइएका कडा गोपनीयता कानुनका कारण यो तथ्याक साझा गर्ने प्रक्रिया हालसम्म निकै प्रतिबन्धित रहेको छ।

प्रतिक्रिया