
विश्वभर, तामाङ कुलहरूले सर्पको वर्षलाई बिदाइ गर्दै सोनाम ल्होछार २८६२ – घोडाको वर्ष – लाई स्वागत गर्न उत्साहपूर्वक तयारी गरिरहेका छन्।
तामांग सोसाइटी ग्रेटर वाशिंगटनकि अध्यक्ष्य श्रीमती हेमकला घिसिङ्ग तामांगको अनुसार यसपाली पनि सधैझै यो बर्षमा पनि तामांग सोसाइटी ग्रेटर वाशिंगटनले, विगतका वर्षहरू जस्तै, तामाङ समुदायले नकारात्मक शक्तिहरूलाई भगाउन र सबैको कल्याणको लागि प्रार्थना गर्न परम्परागत ग्याप्से अनुष्ठान गर्ने भएका छन्। यस पूजाको माध्यमबाट, अवरोधहरू हटाउने र सबैको जीवनमा सकारात्मक ऊर्जालाई आमन्त्रित गर्ने उद्देश्य राखिएको छ। लुङ्गटर, धर्ज्यु ठटाएर पुञ्ज गर्ने चलन छ।,
सोनाम ल्होछार २८६२ को अवसरमा, संयुक्त राज्य अमेरिकाभरि बसोबास गर्ने तामाङ परिवारहरूले आ-आफ्नो समुदायमा प्रार्थना गर्न, भेटी चढाउन र परम्परागत अनुष्ठानहरू गर्न भेला हुनेछन्। यस परम्पराको एक भागको रूपमा, भक्तहरूले आशीर्वाद ल्याउने विश्वास गरिएको पवित्र खाद्य भेटी वोफेके ख्वा तयार गर्नेछन् र चढाउनेछन्। यो भेटी समृद्धि र सौभाग्यको प्रतीक नौ फरक अन्नहरू मिसाएर बनाइन्छ।
अनुष्ठानको क्रममा, सहभागीहरूले घेउ-च्या (मख्खन बत्ती), सुङ्ग-सुङ्ग (धूप) र अन्य परम्परागत वस्तुहरू पनि तयार गर्नेछन् र चढाउनेछन्। यी भेटीहरू वातावरण शुद्ध गर्ने, देवताहरूको सम्मान गर्ने, र शान्ति, सद्भाव र दुर्भाग्यबाट सुरक्षाको लागि प्रार्थना गर्ने उद्देश्यले बनाइन्छ।
यो सांस्कृतिक अभ्यास हाम्रा पुर्खाहरूबाट अगाडि बढ्दै आएको छ, र यो तामाङ पहिचान र सम्पदाको एक महत्त्वपूर्ण भाग हो। यो परम्परालाई संरक्षण गर्न र भावी पुस्तालाई हस्तान्तरण गर्न, तामाङ सोसाइटी ग्रेटर वाशिंगटन युएसएले जनवरी ४,२०२६,address ,Woodbridge Virginia मा ग्याप्से पूजा आयोजना गर्नेछ, जसले समुदायका सदस्यहरूलाई सबैको कल्याणको लागि सामूहिक रूपमा प्रार्थना गर्न एकसाथ ल्याउँछ। नेपाली गाउँघर तथा तामाङ बस्तीमा घ्याप्से पूजाको परम्परा अझै जीवित नेपाली गाउँघर तथा विशेषगरी तामाङ समुदायका बस्तीहरूमा पुस्तौँदेखि चल्दै आएको घ्याप्से पूजाको परम्परा आज पनि समान श्रद्धा र विश्वासका साथ निरन्तरता पाइरहेको छ। घर–परिवार, समुदाय र वातावरणलाई शुद्ध पार्ने उद्देश्यले गरिने यो पूजा धार्मिक कर्मकाण्ड मात्र नभई सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा मानिन्छ।
घ्याप्से पूजा सुरु गर्नु अघि गाउँघरमा सबैभन्दा पहिला घर, आँगन, भान्सा, गोठ र वरपरको वातावरण सफा–सुग्घर बनाइने परम्परा छ। स्थानीय बासिन्दाहरूका अनुसार, सफाइलाई पूजाको पहिलो चरण मानिन्छ, जसले नकारात्मक ऊर्जा हटाई वातावरणलाई पवित्र बनाउने विश्वास रहिआएको छ।
सफा–सुग्घरपछि धर्ज्यु (ध्वज) र लुङ्तेन (प्रार्थना झण्डा) राख्ने चलन छ। तामाङ बस्तीमा लुङ्तेन राख्नु अत्यन्त शुभ मानिन्छ, किनकि हावाले प्रार्थना बोकेर चारैतिर फैलाउने धार्मिक विश्वास समुदायमा गहिरोसँग जरा गाडेको छ।
सबै तयारी पूरा भएपछि मात्र मन्त्र उच्चारण गर्दै घ्याप्से पूजा सुरु गरिन्छ। पूजामा Gyalpo Lhesang chhyoi अर्थात् पूजा गर्ने तिबेतिन अक्क्ष्यरमा लिखिएको बुद्धिस्ट ग्रन्थ अनुसार हाम्रा पुरोहित लामाहरुले ग्रन्थ अनुसार निम्न प्रकारका समग्रिखारू को साथमा पूजाको अनुस्थान गरिन्छ।
घिउ–च्याँ,
सुङ–सुङ (धूप),
चामल, अक्षता,
नौ थरी अन्न मिसाएर बनाइने वोफे–क्ये ख्वा,
फूल, पानी, पात लगायतका सामग्री अर्पण गरिन्छ। यी वस्तुहरूलाई शुद्धता, समृद्धि र संरक्षणको प्रतीकका रूपमा लिइन्छ।
समुदायका ज्येष्ठ नागरिकहरूका अनुसार, घ्याप्से पूजाले अशुभ शक्तिहरू हटाउने, रोग–व्याधि टार्ने, घर–परिवारको रक्षा गर्ने र नयाँ वर्ष वा नयाँ चक्रलाई शुभ बनाउने विश्वास रहिआएको छ।
आजको आधुनिक परिवेशमा पनि शहर तथा विदेशमा रहेका तामाङ समुदायले यो परम्परा निरन्तरता दिइरहेका छन्। घर–आँगन सफा गर्ने, लुङ्तेन राख्ने र घ्याप्से पूजा गर्ने परम्परा नयाँ पुस्तालाई सिकाउँदै सांस्कृतिक पहिचान जोगाउने प्रयास भइरहेको समुदायले बताएको छ समुदायका अगुवाहरूका अनुसार, घ्याप्से पूजा केवल टामाङ समुदायका लागि मात्र सीमित छैन। सबै जात, धर्म र समुदायका इच्छुक व्यक्तिहरूले यस पूजामा सहभागी भई आध्यात्मिक लाभ लिन सक्ने बताइएको छ। घ्याप्से पूजामा सहभागी हुनेहरूलाई घर–परिवारको शान्ति, स्वास्थ्य, समृद्धि र नकारात्मक ऊर्जा हट्ने विश्वास रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

डिग बहादुर तामांग, भेडापू, दोलखा। मिति पौष ७, २०८२।
प्रतिक्रिया