अध्यावधिक गरिएको ; केन्टकी बिश्वबिद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, गोली चलाउने व्यक्ति पक्राउ

इनेप्लिज २०८२ मंसिर २५ गते ०:४६ मा प्रकाशित

अमेरिकाको केन्टकी स्टेट युनिभर्सिटी(राज्य बिश्वबिद्यालय)मा मङ्गलवार दुखद गोलीकाण्ड भएको छ। यो घटना बिश्वबिद्यालयको छात्रावासभित्र भएको हो।

यो घटना अपराह्न ३:३५ बजेतिर विधालयको परिसरमा भएको थियो। 

गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी गम्भीर रूपमा घाइते भएका छन्। विश्वविद्यालयका अधिकारीहरूका अनुसार घाइते विद्यार्थीको अवस्था अहिले स्थिर छ।

घटनालगत्तै प्रहरीले गोली चलाउने एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। गोलीकाण्डपछि सुरक्षाको कारणले पूरा परिसरलाई बन्दाबन्दी ( ‘लकडाउन’) गरिएको थियो।

राज्यका गभर्नर एन्डी वेशियरले यो घटना ‘एक्लो र पृथक घटना’ भएको र अहिले कुनै खतरा नरहेको भन्दै श्रब्यदृश्य (भिडियो )सन्देश राखेका छन्। उनले हिंसाको निन्दा गर्दै पीडित परिवार र विद्यार्थीहरूका लागि प्रार्थना गर्न आग्रह गरेका छन्।

विश्वविद्यालयले पीडित परिवारहरूसँग सम्पर्कमा रहेको र सबै विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराइरहेको बताएको छ।

यही ठाउँमा चार महिनाअघि अगस्त १७ मा पनि गोली चलेको थियो, जसमा दुई जना गैर-विद्यार्थी घाइते भएका थिए। करिब २,२०० विद्यार्थीहरु रहेका छन् ।

प्रतिक्रिया