केन्टकी राज्य बिश्वविधालयमा गोलीकाण्ड: एक जना संदिग्ध पक्राउ, परिसर बन्दाबन्दी

इनेप्लिज २०८२ मंसिर २४ गते २१:४१ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यको केन्टकी राज्य बिश्वविधालयमा भएको गोलीकाण्ड एक जना संदिग्धलाई हिरासतमा प्रहरीले लिएको छ। 

गभर्नर एन्डी वेशियरले घटनामा मानिसहरू घाइते भएको पुष्टि गरेका छन्।

कानून प्रवर्तन निकायहरु घटनास्थलमा तैनाथ छन् र उनीहरूले परिसरलाई पूर्ण रूपमा सुरक्षित राखेका छन्। विश्वविधालय। (युनिभर्सिटी )अझै पनि ‘लकडाउन’ वन्दावन्दीको स्थितिमा रहेको छ ।

यो घटना अपराह्न ३:३५ बजेतिर विधालयको परिसरमा भएको थियो। 

फ्र्यांकफर्ट प्रहरी विभागले तत्कालै ‘सक्रिय आक्रमणकारी’ भएको सूचनामा प्रतिक्रिया दिएको थियो।

प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ। 

सुरक्षाकर्मीहरूले क्याम्पसका विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित राख्न प्राथमिकता दिएका छन्। 

प्रतिक्रिया