ड्यालस काउबोईजका २४ बर्षिय खेलाडी मार्शन निल्यान्डले गरे आत्महत्या

इनेप्लिज २०८२ कार्तिक २२ गते १:३४ मा प्रकाशित

अमेरिकी फुटबल टिम एनएफएल ( भकुण्डो टोली)डलास काउबोईजका २४ वर्षे रक्षा तर्फका खेलाडी मार्शन निल्यान्डको शव प्रहरीले बिहीबार बिहान भेटाएको छ। प्रहरीले यो घटना आत्महत्या भएको बताएको छ।

गत बुधबार राति उनले ट्राफिक(यातायात) नियम तोडेपछि प्रहरीको चेतावनी घण्टी/आवाज (सायरन )सुन्दा पनि गाडी नरोकी भागेका थिए। केही मिनेटमै उनको गाडी दुर्घटनामा पर्‍यो र उनी पैदल भागे।

खोजीका क्रममा प्रहरीले निल्यान्डले आफ्ना साथीहरूलाई “बिदा ” सन्देश पठाएको थाहा पाए । र ,उनि मानसिक समस्या भोगिरहेका थिए।

तीन घण्टा पछि प्रहरीले उनलाई आफैंले गोली हानी आत्महत्या गरेको अवस्थामा भेटेको एपीले जनाएको छ । उनको मृत्युले सम्पूर्ण एनएफएल समुदाय स्तब्ध बनेको छ।

उनका प्रतिनिधि जोनाथन पर्ज्लीले भने, “मार्शनले हरेक खेलमा आफ्नो सम्पूर्ण माया र ऊर्जा दिएका थिए। यस्तो आत्मा गुमाउनु शब्दभन्दा ठूलो पीडा हो।”

निल्यान्डले २०२४ मा पश्चिमी मिशिगनबाट ड्यालस काउबोईजमा प्रवेश गरेका थिए । र ,यस मौशम उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। उनका आमा वेंडी निल्यान्डको मृत्यु पनि गत वर्ष भएको थियो।

एनएफएल र उनका पूर्व प्रशिक्षकहरूले उनलाई “ऊर्जावान, मुस्कानले भरिएको नेता” भन्दै श्रद्धाञ्जलि दिएका छन्।

प्रतिक्रिया