
भूटानको गोम्तुमा जन्मिएकी ममिता सुवेदी हाल अमेरिकामा तेक्वान्दो प्रशिक्षकको रूपमा कार्यरत छिन्। उनी अहिले युएसए तेक्वान्दो सम्बद्ध एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो मेरिल्याण्डको दोस्रो शाखा एवरेस्ट वर्ल्ड क्लास ल्यानक्यास्टरमा प्रशिक्षकको रूपमा कार्यरत छिन्।
एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो तेक्वान्दो बिद्यालयका अध्यक्ष मास्टर कुमार कार्की पनि सोहि प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायको भूमिका निभाउदै छन् ।
खुदुनाबारि शरणार्थी शिविरमा रहँदा मात्र १० वर्षको उमेरदेखि तेक्वान्दो सिक्न सुरु गरेकी ममिताले आफ्नो प्रारम्भिक प्रशिक्षण आफ्नै दाजु मणि कुमार क्षेत्री, झलक राई गुरु र होम दुलाल गुरुबाट लिएकी थिइन्।
हालै जुलाई २३ देखि २६ सम्म क्यालिफोर्निया ,ओन्टारियोमा आयोजना भइरहेको अमेरिकी तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा उनी रेफ्री/( निर्णायको)रूपमा सहभागी भएकी छिन्। सोही प्रतियोगितामा उनकी छोरीले पनि दक्ष प्राविधिकको रूपमा भूमिका निर्वाह गरिरहेकी छिन्। लामो संघर्ष र समर्पणपछि ममिता सुवेदी हाल अमेरिकाको क श्रेणीकी निर्णायक बन्न सफल भएकी छिन्, जुन अमेरिकी तेक्वान्दो क्षेत्रमा एक ठूलो उपलब्धि मानिन्छ।

उनले बिर्तामोड डोजाङबाट २००१ मा प्रथम डान र २००५ मा दोश्रो डान कालो फित्ता (ब्ल्याक बेल्ट )प्राप्त गरिन्। शरणार्थी जीवनका सीमितताहरूका कारण नेपालमा रहँदा धेरै राष्ट्रिय प्रतियोगितामा भाग लिए पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न त्यतिबेला सम्भव भएन।
तर हाल अमेरिकामा रहेर तेक्वान्दोको प्रशिक्षण दिँदै आएकी सुवेदीले आफ्नो सपना जिउँदो राख्दै अगाडि बढिरहेकी छिन्। उनी हालसम्म १५५ भन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण दिइसकेकी छिन् । उनले दिएको प्रशिक्षणका धेरैजसो विद्यार्थीहरू विभिन्न प्रतियोगिताहरूमा सफल भइसकेका छन्।
प्रतिक्रिया