सांसद एकनाथ ढकालद्वारा पाकिस्तानी दूतावासबाट उपलब्ध छात्रबृत्ति वितरण

इनेप्लिज २०८२ असार १२ गते २१:२६ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानी दूतावास, नेपालले काठमाडौमा आयोजित एक भव्य समारोहमा २०० योग्य नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य एक नाथ ढकालको प्रमुख उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा, पाकिस्तानी दूतावासका महामहिम राजदूत अब्रार एच. हाश्मी र राजनीतिक तथा शैक्षिक काउन्सलर इकबाल हैदरले पनि सहभागिता जनाएका थिए । सासद ढकालले छात्रवृत्ति प्राप्त गर्ने २०० विद्यार्थीलाई सम्मानित गर्दै, शिक्षा क्षेत्रमा दूतावासको योगदानको सराहना गरे । उनले नेपाली विद्यार्थिहरूलाई शिक्षा प्रति कसमसाउने र निरन्तर प्रयास गर्न प्रेरित गरे । “तपाईंहरूको शिक्षा, तपाईंको भविष्यको आधार हो, र यसलाई मूल्याङ्कन गर्नुहोस् ।

पाकिस्तानी दूतावासको छात्रवृत्ति कार्यक्रम यस वर्ष १३औं वर्षमा प्रवेश गरेको छ। यो कार्यक्रम नेपालका विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई आर्थिक सहायता प्रदान गर्दै, उनीहरूको शिक्षा प्राप्तिको मार्गलाई सहज बनाउन केन्द्रित छ । यस वर्षको कार्यक्रमअन्तर्गत २०० जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । समारोहमा, ढकालले नेपाली विद्यार्थीहरूको भविष्य निर्माणमा पाकिस्तानी दूतावासको निरन्तर सहयोगको प्रशंसा गर्दै, यस प्रकारका पहलहरू नेपाली युवाको उज्जवल भविष्यका लागि महत्त्वपूर्ण हुने बताएका थिए ।

समारोहमा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यत्तित्वहरुको उपस्थती रहेको थियो । सासद ढकाल नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य हुन् र अन्तरसंसदीय स्पीकर सम्मेलन (क्ष्क्ऋ) का महासचिवको रूपमा पनि कार्यरत छन् । पाकिस्तानी दूतावासले आफ्नो शिक्षा प्रवद्र्धनका प्रयासलाई निरन्तरता दिँदै, नेपाली विद्यार्थिहरूलाई अधिक अवसर र स्रोतहरूको पहुँचमा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया