इरान–इजरायल युद्धविरामपछि पहिलो पटक सार्वजनिक सन्देश दिँदै इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै कडा सन्देश पठाएका छन् — “तेहरान कहिल्यै आत्मसमर्पण गर्दैन।”
८६ वर्षीय खामेनेईले गोप्य स्थानबाट बिहीबार एक पूर्व-अभिलेखन( रेकर्ड) सन्देशमार्फत बोलेका हुन्। इजरायली हमलामा आफ्नै शीर्ष सैन्य अधिकारी र प्रमुख आणविक वैज्ञानिकहरू मारिएपछि खामेनीले सार्वजनिकरूपमा देखिएका छैनन्। यो हमला इस्लामिक गणतन्त्रमा गहिरो छानबिन गर्दै गरिएको अहिलेसम्मकै गम्भीर हमला थियो।
सिएनएनका अनुसार खामेनीले अमेरिका र इजरायलविरुद्ध ‘विजय’को घोषणा गरे पनि ट्रम्पले गत साता दिएको “निसर्त आत्मसमर्पण” को मागले उनलाई गहिरो रूपमा छुएको देखिन्छ।
उनले भने, “यो हाम्रो आणविक कार्यक्रमको कुरा होइन। ट्रम्पले वास्तविकता खोलिदिए — अमेरिकीहरूलाई सन् १९७९ को इस्लामिक क्रान्तीदेखि नै इस्लामिक इरानसँग समस्या छ।”
“र त्यो कहिल्यै सम्भव हुने छैन,” उनले आत्मसमर्पणको कुरालाई पूर्णतः अस्वीकार गर्दै दोहोर्याए।
१३ मिनेटको सम्बोधनमा खामेनीले आणविक स्थलहरुमा परेको क्षति वा आगामी वार्ता बारे भने कुनै ठोस विवरण दिएनन्। उनले ट्रम्पलाई क्षतिको विवरण बढाई चढाईको आरोप मात्र लगाए।
तर उनले इजरायली हमलाको प्रतिक्रियामा देखिएको दुर्लभ राष्ट्रिय एकताको उपयोग गर्ने प्रयास गरे।
प्रतिक्रिया