अमेरिकी रक्षा विभागले इरानमाथि गरिएको हवाई आक्रमणबारे पत्रकार सम्मेलन गर्दै प्रमुख जानकारीहरू सार्वजनिक गरेको छ।
जुन २६ तारिख बिहान ८ः३० बजे रक्षा सचिव पिट हेगसेथ र सयुक्त सैनिक प्रमुख ड्यान केनले पत्रकारहरूसँग कुरा गर्दै कारबाहीबारे विस्तृत विवरण दिए।
उनीहरूका अनुसार सातवटा बि-२ स्टिल्थ बमवर्षक विमानहरूले इरानको तीनवटा मुख्य आणविक स्थलबाहिर एकसाथ हमला गरे ।उनिहरुलेनफोर्डो, नतान्ज र इस्फहानमा आक्रमण गरिएको बताइयो ।
फोर्डो केन्द्रमा मात्र १२ वटा बम खसालिएको थियो। नतान्जमा २ वटा र इस्फहानमा अमेरिकी पनडुब्बीबाट टमहक क्षेप्यास्त्र प्रहार गरिएको थियो।
केनले यो अभियान ‘अत्यन्तै गुप्त, एकैपटकको सटीक प्रहार’ भएको बताए। उनले थपे, “इरानी वायु सुरक्षा प्रणालीले हाम्रो हमला बुझ्ने मौका पनि पाएन।” अमेरिकी पक्षले यसलाई पूर्ण सफल कारबाही बताउँदै कुनै नागरिक वा सैनिकलाई लक्षित नगरेको स्पष्ट पारेको छ।
तर, अमेरिकाको रक्षा गुप्तचर निकायका केही चुहावट समाचारहरुले इरानले हमला हुनुभन्दा पहिले नै केही युरेनियम अन्यत्र सारिसकेको हुन सक्ने उल्लेख गरेपछि विवाद उत्पन्न भएको छ।
यसबारे सोध्दा मन्त्री हेगसेथले ती दाबीहरूलाई आधारहिन भन्दै अस्वीकार गरे। उनले भने, “हामीसँग युरेनियम सारिएको भन्ने कुनै विश्वसनीय सूचना छैन।”
साथै, पेन्टागनले भूमिगत सुरुग भित्र गहिरो ध्वंस गरिने गरी गरिएको आक्रमणको श्रव्य दृ्श्य(भिडियो फुटेज )पनि सार्वजनिक गर्यो
हमलाको जवाफस्वरूप उसले जुन २३ मा कतारस्थित अमेरिकी हवाई सैनिक अड्डा(एयर बेस)मा क्षेप्यास्त्र प्रहार गर्यो।
प्रतिक्रिया