फेरि कारागारमै: अमेरिका भित्रिएपछि अब्रेगो गार्सियाको रिहाइ रोक्ने कानुनी लडाइँ चर्कियो

इनेप्लिज २०८२ असार १२ गते ११:२८ मा प्रकाशित

एल साल्भाडोरका किल्मार अब्रेगो गार्सिया, जो अमेरिकाबाट निस्काशन भएर अमेरिका फर्किएका थिए । उनीविरुद्धको मानवीय तस्करी मुद्दा चल्दासम्म उनी कारागार मै रहने भएका छन्। यदि उनलाई रिहा गरियो भने फेरि निष्कासन हुने सम्भावनाको कारण न्याय विभाग र उनका वकिलहरूबीच बहस चर्किएको छ।

बुधबार न्यास्भिलको अदालतमा सुनुवाइको क्रममा अमेरिकी न्यायाधीश बारबरा होल्म्सले अब्रेगोको वकिललाई बिहीबारसम्म तर्कहरू अदालतमा बुझाउन निर्देशन दिइन् भने सरकारले शुक्रबारसम्म जवाफ दिनुपर्नेछ। त्यसपछि मात्रै अन्तिम निर्णय हुनेछ।

होल्म्सले प्रारम्भिक निर्णयमा अब्रेगो गार्सियालाई विशेष सर्तसहित रिहा गर्नुपर्ने बताइन्, तर रिहा भएपछिनै आप्रवासन विभागले देश निकाला प्रक्रिया सुरु गर्न सक्ने सम्भावनालाई पनि स्वीकार गरिन्।

ट्रम्प प्रशासनको निर्देशनमा मार्चमा उनी एल साल्भाडोर देश निकाला गरिएको थियो, यद्यपि उनलाई २०१९ मा “विदेश निष्कासन रोक्ने कानुनी सुरक्षा” दिइएको थियो। अदालतले यो निस्कासन “प्रशासनिक त्रुटि” भएको ठहर गर्‍यो र अप्रिलमा सर्वोच्च अदालतले उनलाई पुनः फर्काउन आदेश दियो।

उनविरुद्धको मुद्दा २०२२ को टेनेसीमा भएको सवारीसाधन जाँचबाट सुरु भएको हो, जब प्रहरीसँगको भिडन्तमा उनीसँग आठ जना अप्रवासी थिए।

प्रतिक्रिया