इजरायलको “ईरानमाथिको विजय”ले नयाँ शान्ति सम्झौताहरूको ढोका खोल्यो : प्रधानमन्त्री नेतन्याहूको दाबी

इनेप्लिज २०८२ असार १२ गते १८:४१ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आज एक वक्तव्य जारी गर्दै ईरानविरुद्धको हालैको भिडन्तमा इजरायलको “विजय”ले शान्ति सम्झौताहरूको “नाटकीय विस्तार”को अवसर सिर्जना गरेको बताएका छन्।

“हामीले ईरानसँग साहसपूर्वक लड्यौं र ठूलो विजय प्राप्त गर्‍यौं,” नेतन्याहूले भने, “यो विजयले शान्ति सम्झौताहरूको नाटकीय विस्तारतर्फको ढोका खोल्दछ। हामी यस दिशामा सक्रिय रूपमा काम गरिरहेका छौं।”

उनले यसै सन्दर्भमा हमासलाई पराजित गर्न र गाजामा रहेको आतंककारी समूहले नियन्त्रणमा राखेका बन्धकहरूको मुक्ति सुनिश्चित गर्न अहिले एक “अवसरको झ्याल” खुलेको बताए। “हामीले एक दिन पनि खेर फाल्न हुँदैन,” नेतन्याहूले जोड दिए।

तर अर्कोतर्फ, ईरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले १२ दिन लामो संघर्षलाई ईरानको विजय भन्दै प्रतिक्रिया दिएका छन् ।

यद्यपि सो भिडन्तमा इजरायलले वरिष्ठ ईरानी सैन्य नेताहरूलाई मार्नुका साथै परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो।

प्रतिक्रिया