पूर्व कोलम्बिया विश्वविद्यालयका कार्यकर्ता महमूद खलील रिहा : न्यायाधीशद्वारा सरकारी कदमलाई असंवैधानिक ठहर 

इनेप्लिज २०८२ असार ६ गते १८:२५ मा प्रकाशित

अमेरिकामा तीन महिनाभन्दा बढी समयदेखि हिरासतमा रहेका कोलम्बिया विश्वविद्यालयका पूर्व प्यालेस्टानी कार्यकर्ता महमूद खलीललाई रिहा गर्न शुक्रबार एक संघीय न्यायाधीशले आदेश दिएका छन्। 

स्थायी आवाशिय पत्र(ग्रीन कार्ड होल्डर) खलीललाई ट्रम्प प्रशासनअन्तर्गत विदेशी विद्यार्थीहरूविरुद्धको अभियानमा पहिलोपटक लक्षित गरिएको थियो।

संघीय न्यायाधीश माइकल फर्बियार्जले स्पष्ट रूपमा भने, “खलील न त फरार हुने सम्भावित व्यक्ति हुन्, न त समाजका लागि खतरनाक । 

उनले अगाडी थपे, “सरकारले अझैपनि खलीललाई हिरासत जारी राख्न खोज्नु अत्यन्त असामान्य कुरा हो।”

खलीलको गिरफ्तारी ट्रम्प प्रशासनद्वारा विश्वविद्यालयहरूमा प्यालेस्टानी समर्थन गर्ने विदेशी विद्यार्थीहरूलाई लक्षित गर्ने कदम अन्तर्गत गरिएको थियो। 

विदेश सचिव मार्को रुबियोले यस्ता विद्यार्थीहरूलाई राष्ट्रिय विदेश नीति विरुद्धको खतरा घोषणा गरेका थिए।

हिरासतको क्रममा खलील आफ्नो पहिलो सन्तानको जन्मसमेत गुमाए।

प्रतिक्रिया