राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सॅजालमा पूर्व राष्ट्रपति जो बाइडेन प्रति आप्रवासन बारे कडा प्रहार गरेका छन्।
ट्रम्प प्रशासनमा शून्य अवैध सीमा पार तर बाइडनको पालामा मात्र एक महिनामै ६०,००० अवैध सीमा पार गरे,” राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत कडा आलोचना गरेका छन्।
“बाइडन त्यो व्यक्ति हुन् जसले सन् २०२० को राष्ट्रपति चुनाव ‘ठूलो अन्तर’ ले हारेका थिए! उनी अत्यन्त अयोग्य थिए, र त्यो चुनाव पूर्ण रूपमा धाँधलीयुक्त थियो! प्रमाणहरू विशाल र अपार छन्,” ट्रम्पले फेरि पुरानो कुरा कोट्याएका छन्।
“यस प्रकारको घटनालाई पुनः अमेरिकामा दोहोरिन दिइनु हुँदैन। विशेष अनुसन्धानकर्ता नियुक्त गरिनुपर्छ। अब काम सुरु हुनुपर्छ!” उनले भने ।
ट्रम्पले अन्त्यमा सधै झै भने, “चार वर्षभित्र यस भ्रष्ट मान्छे र उनका साथीसङ्गीहरूले हाम्रो देशलाई जुन तहमा पुर्याए, त्यो बयान गर्नै नसकिने स्तरको छ। अब समय आएको छ — अमेरिका पुनः महान बनाऔं!”
प्रतिक्रिया