अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वमा संलग्न हुनेबारे विचार गरिरहेका बेला एफबीआईले अमेरिकामा इरान समर्थित कार्यकर्ताहरुको निगरानी बढाएको एक वरिष्ठ कानून प्रवर्तन स्रोतले फक्स न्यूजलाई शुक्रबार पुष्टि गरेको छ।
ह्वाइट हाउसले बिहीबार ट्रम्पले दुई हप्ताभित्र द्वन्द्वमा अमेरिकी संलग्नताबारे निर्णय लिने बताएको छ।
सीबीएस न्यूजका अनुसार यसमा तेहरान-समर्थित आतंकवादी संगठन हेजबुल्लाहसॅग सम्बन्धित सम्भावित गोप्य दस्ता( स्लीपर सेल)हरुको निगरानी पनि समावेश छ।
यता लेबनानमा आधारित यस आतंककारी समूहलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले पनि द्वन्द्वमा सामेल नहुन स्पष्ट चेतावनी दिएका छन्।
प्रतिक्रिया