फ्रान्स, जर्मनी र बेलायत इरानसँग “पूर्ण वार्ता” को प्रस्ताव गर्न तयार रहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घोषणा गरेका छन्।
इजरायल र इरानबीचको बढ्दो तनावका बीच स्विट्जरल्याण्डमा एक महत्त्वपूर्ण कूटनीतिक बैठक हुनुभन्दा केही घण्टाअघि म्याक्रोनले यस्तो बताएका हुन्।
पेरिस हवाई प्रदर्शनको ५५ औं संस्करणमा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले इरानलाई आणविक हतियारले सुसज्जित हुनबाट रोक्न “कुनै पनि ढिलाइ” हुनु नहुने चेतावनी दिए।
उनले “शून्य युरेनियम संवर्धन, इरानीहरूको क्षमता सीमित गर्ने प्राक्षेपिक क्षेप्यास्त्र(ब्यालिस्टिक मिसाइल) र यस क्षेत्रलाई अस्थिर बनाउने सबै आतंकवादी समूहहरूको वित्तपोषण” लगायत आणविक वार्तालाई पूर्ण रूपमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
म्याक्रोनका अनुसारफ्रान्सेली विदेशमन्त्री ,उनका जर्मन र बेलायती समकक्षीहरूले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई “कूटनीतिक र प्राविधिक” दुवै पक्ष समेट्ने गरी “पूर्ण वार्ताका लागि प्रस्ताव” गर्नेछन्।
यो महत्त्वपूर्ण बैठक जेनेभाको स्विस शहरमा स्थानीय समय अनुसार दिउँसो ३ बजे हुनेछ ।
प्रतिक्रिया