इरानको राष्ट्रपति कार्यालयका प्रवक्ता माजिद फराहानीले सिएनएनसँगको अन्तर्वार्तामा अमेरिकाले चाहेमा इरानसँगको युद्ध तुरुन्तै रोक्न सकिने बताए।
उनका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको नेतृत्त्वलाई आक्रमण रोक्न आदेश दिए मात्र पनि हालको तनाव अन्त्य हुन सक्छ ।
इरानका नागरिक संवादमा विश्वास गर्छन् ,फराहानीले भने । सोझै होस् या अप्रत्यक्ष, संवादको स्वरूप महत्त्वपूर्ण होइन।
उनले इजरायली बम आक्रमण भइरहेका बेला वार्ता सम्भव नरहेको इरानको अडान पुनः दोहोर्याए र भने, “राष्ट्रपति ट्रम्पले इजरायलीहरूलाई एउटै टेलिफोन ( दूरवार्ता)गरेर युद्ध रोक्न सक्नुहुन्छ।”
फराहानीले भने अनुसार इरान आफ्नो न्युक्लियर आणविक समृद्धि कार्यक्रम रोक्न तयार छैन, तर केही सहमति र सम्झौता गर्न सकिने संकेत दिएका छन्। “शायद स्तर घटाउन सकिन्छ, तर पूर्ण रूपमा रोकिँदैन,” उनले स्पष्ट पारे।
यो अभिव्यक्तिले इरान वार्ताका लागि खुला छ तर त्यसका लागि पहिले इजरायली आक्रमण रोक्नुपर्ने शर्त राखेको छ।
राष्ट्रपति ट्रम्पको एउटा निर्णयले खाडी क्षेत्रको संकट समाधान गर्न सकिने सन्देश इरानले स्पष्ट रूपमा दिएको छ।
प्रतिक्रिया