“नताञ्जसहित इरानका परमाणु केन्द्रहरूमा बिकिरण र रासायनिक प्रदूषण : आइएइए प्रमुखद्वारा सुरक्षा परिषदमै चेतावनी”

इनेप्लिज २०८२ असार ६ गते १६:५६ मा प्रकाशित
Screenshot

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी( निकाय)का महानिर्देशक राफाएल ग्रोसीले शुक्रबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा चेतावनी दिँदै इरानको नताञ्ज केन्द्रमा “बिकिरण र रासायनिक प्रदूषण” भएको खुलासा गरेका छन्।

ग्रोसीका अनुसार युरेनियम लगायत रसायनहरु नताञ्ज केन्द्रको भित्री क्षेत्रमा फैलिएको हुनसक्ने आशंका गरिएको छ।

ग्रोसीले थप जानकारी दिँदै नताञ्ज, इस्फाहान, आराक तथा तेहरानका धेरै स्थानहरूमा विध्वंस भएको जनाए। यद्यपि, यस्ता गतिविधिहरू कुनै पनि सुविधा बाहिर बिकिरणहरु प्रभाव देखिएको छैन।सबैभन्दा गम्भीर चेतावनी बुषेहर परमाणु केन्द्रसम्बन्धी भएको छ । 

ग्रोसीले भने, “बुषेहर सञ्चालनमा रहेको परमाणु विद्युत् केन्द्र हो, जहाँ हजारौं किलो युरेनियम सामग्री राखिएको छ। यदि यहाँ आक्रमण भयो भने यसको परिणाम अत्यन्त गम्भीर हुनसक्छ।”

सबैभन्दा खराब अवस्था आउँदा धेरै किलोमिटर टाढासम्मका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने, गोप्य स्थानमा लुक्नुपर्ने, वा स्थिर आयोडिन सेवन गराउनुपर्ने अवस्था आउन सक्ने ग्रोसीले चेतावनी दिए।

यो चेतावनीले इरानको परमाणु कार्यक्रम र त्यसमाथि भइरहेको आक्रमणको सम्भावित खतराको गम्भीर संकेत दिन्छ।

प्रतिक्रिया