इजरायली रक्षा बलले आइतबार बिहान इरानले इस्रायली भूमिमाथि छैटौं पटक क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ ।
यस्ले दुई मुलुकबीचको तनाव झन् चर्किएको संकेत दिएको छ।
आडिएफको विज्ञप्तिमा भनिएको छ, “केही समयअघि, इरानबाट इजरायलको भूमितर्फ क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गरिएको छ।” देशभरि सॅकटकालिन आवाज बज्न थालेपछि जनतालाई पुनः सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिइएको छ।
इजरायली वायु सुरक्षा प्रणालीले क्षेप्यास्त्र अवरोध गर्ने कार्य जारी राखेको आइडिएफले जनाएको छ।
सर्वसाधारणलाई आपतकालीन नियम पालना गर्न र गृह मोर्चा
आदेशका निर्देशनअनुसार सतर्क रहन आग्रह गरिएको छ।
पछिल्लो तीन दिनमा इरानले इजरायलतर्फ गरेको यो छैटौं क्षेप्यास्त्र आक्रमण हो। यसको प्रतिक्रिया इजरायलले इरानी सैन्य र आणविक पूर्वाधारमाथि गरेको लक्षित हवाई हमला पछि आएको हो।
आइडिएफले थप आक्रमणको सम्भावना अझै बाँकी रहेको चेतावनी दिँदै नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
प्रतिक्रिया