इरानको पाँचौं क्षेप्यास्त्र आक्रमण : इजरायली हवाई आक्रमणद्वारा तेहरानमा जवाफी कारबाही, ३० ईरानी सैन्य अधिकारी मारिए

इनेप्लिज २०८२ जेठ ३२ गते २१:५१ मा प्रकाशित

तेहरान र तेल अभिभबीच तनाव चरममा पुगेको छ ।शनिबार राति इरानले इजरायलमाथी पाँचौं पटक  प्राक्षेपिक क्षेप्यास्त्र ॰ब्यालिस्टिक मिसाइल) आक्रमण गर्‍यो। इजरायली सेनाका अनुसार देशको उत्तरी भागमा आकाशभरि खतराको घन्टी(साइरन)  बज्न थालेपछि केही क्षेप्यास्त्रहरु सफलतापूर्वक रोकिए।

इजरायली रक्षा बलका प्रवक्ता नदाव शोषानीले एक्समा लेख्दै पुष्टि गरे, “अव इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरु रोक्न आइडिएफ सक्रिय छ, इजरायली वायु सेनले तेहरानका सैनिक ठेगानाहरूमा आक्रमण गरिरहेको छ।”

फक्सन्यूजका प्रमुख विदेशी संवाददाता ट्रे यिङ्स्टले तेल अभिभबाच प्रत्यक्ष प्रसारण गर्दै भने, “केहीबेरअघि मात्रै इरानले फेरि क्षेप्यास्त्र प्रहार सुरु गर्‍यो।” फक्स न्यूजले राती आकाशमा १५ भन्दा बढी  क्षेप्यास्त्रहरि देखा परेको श्रव्यदृश्य(भिडियो ) सार्वजनिक गरेको छ, जुन सम्भवतः हैफा सहरतर्फ लक्षित थिए।

“पूरै देशभर बम आश्रयमा जान सतर्कता जारी गरिएको छ,” यिङ्स्टले जनाए। केही क्षेप्यास्त्रहरु आकाशमै रोकिएको र ठूलो विस्फोटको आवाज सुनिएको उनले बताए। प्रारम्भिक विवरणअनुसार हैफामा कम्तीमा एक क्षेप्यास्त्र प्रहार भएको पुष्टि भएको छ।

यस घटनाले इरान-इजरायल द्वन्द्व भयावह दिशातर्फ उन्मुख भएको संकेत दिएको छ।

प्रतिक्रिया