टेक्सस सान एन्टोनियोमा भीषण बर्षाको कारण कम्तीमा १३ जनाको मृत्यु,  बाढीले सडक बगाउँदा जनजीवन तहसनहस

इनेप्लिज २०८२ जेठ ३२ गते २१:२५ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो शहरमा भीषण वर्षापछिको आकस्मिक बाढीले कहालीलाग्दो क्षति पुर्‍याएको छ। 

शनिबार सम्ममा कम्तीमा १३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने थुप्रै मानिस अझै हराइरहेका छन्। 

बेक्सार काउन्टी  चिकित्सा परीक्षण कार्यलय र सान एन्टोनियो फायर डिपार्टमेन्टले अग्नी नियन्त्रणका अनुसाव मृत्यु हुनेको संख्या १३ पुगेको पुष्टि गरेका हुन्। 

मृतकमध्ये सात जनाको पहिचान भइसकेको छ र उनीहरूका आफन्तलाई सूचित गरिएको छ। मृतकहरूको उमेर २८ देखि ६१ वर्षसम्मको रहेको सिविएसन्यूजले जनाएको छ ।

बुधबार रातिदेखि परेको भारी वर्षाले बिहीबार बिहान ५ बजेपछि उद्धारकालागि सम्पर्क गर्ने क्रम सुरु भएको थियो। धेरैजसो पीडितहरू सवारीसाधनमा यात्रा गरिरहेका बेला बाढीले गाडी बगाएपछि रूखमा अड्किएको अवस्थामा भेटिएको अग्नी बिभागले जनाएको छ।

उद्धारकर्मीहरूले गत बिहीबार दिनभरि ७० भन्दा बढी पानीबाट उद्धार गरेका थिए। तीमध्ये १० जनालाई जिवितै बचाइएको थियो, जसमा चार जनालाई सामान्य चोटपटकका कारण अस्पताल लगिएको थियो।

एक पीडित एन्जल रिचार्ड्सले आफ्ना श्रीमान् स्टेवी काममा जाँदै गर्दा बाढीमा फसेको जानकारी दिएकी थिइन ।

 दमकल बिभागले भनेको छ: “यो उद्धार तथा शव खोजी अभियान धेरै दिनसम्म अत्यन्त सावधानीपूर्वक सञ्चालन हुनेछ।

प्रतिक्रिया