“तेहरानको आकाशमा इजरायली लडाकु विमान! इजरायलले चेतावनी दियो – ईरानको हरेक निशाना ध्वस्त पारिनेछ”

इनेप्लिज २०८२ जेठ ३२ गते १७:०७ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार एक श्रव्यदृ्श्य ( भिडियो) सन्देश मार्फत कडा चेतावनी दिदै इजरायलले ईरानी शासनका हरेक निशाना र स्थलमाथि आक्रमण गर्नेछ। 

निकट भविष्यमा तपाईंहरूले इजरायली वायुसेना, हाम्रा बहादुर बिमानचालकहरु तेहरानको आकाशमा देख्नुहुनेछ,” नेतान्याहुले भने।

उनले ईरानको आणविक कार्यक्रम र  प्राक्षेपिक क्षेप्यास्त्र(ब्यालेस्टिक मिसाइल )क्षमतालाई “इजरायलप्रति दोहोरो खतरा” भन्दै त्यसलाई अन्त्य गर्ने आफ्नो देशको लक्ष्य रहेको बताए।

 “हामीले पहिले नै ईरानको मुख्य युरेनियम समृद्धिकरण केन्द्रमा ठूलो क्षति पुर्‍याएका छौं। त्यो स्थान बम बनाउने प्रक्रियाका लागि अत्यावश्यक हो,” नेतान्याहुले भने ।

उनले वैज्ञानिकहरूको एक प्रमुख टोलीमाथि पनि आक्रमण गरिएको बताए । 

शुक्रबार अबेर नेतान्याहुले ईरानी जनतालाई सिधा सम्बोधन गर्दै आवाज उठाउन र सरकारविरुद्ध उभिन आह्वान गरेका थिए। उनले थप आक्रमणहरू आउने चेतावनीसमेत दिएका छन्।

यसैबीच ईरानको बुशेहर प्रान्तस्थित साउथ पार्स ग्यास क्षेत्रमा ठूलो आगलागी भएको छ। 

ईरानी सरकारी सञ्चारमाध्यमका अनुसार विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमाथि इजरायली मानव रहित यान( ड्रोन ) आक्रमण भएको हो। 

सामाजिक सञ्जालमा फैलिएका श्रव्यदृश्य(भिडियो)हरुमा आगोको ठूलो लप्का र धुवाँ देखिएको छ।

प्रतिक्रिया