डिसीमा अमेरिका नेपाल मेडिकल फाउन्डेसन( एएनएमएफ)को २९ औ साधारण सभा सुरु भएको छ ।
गत शुक्रवार बिहान देखि ५ किमी दौड तथा पैदल यात्रा, मैत्रीपूर्ण भकुन्डो प्रतियोगिता तथा गल्फ प्रतियोगिताको आयोजना गरियो ।
आज मिति जुन १४ शनिवारका दिन बिहानै ८ बजे देखि साधारण। सभा सुरु भएको छ । कार्यक्रमको उदघाटन। नेपाली दूतावासका आर्थिक सल्लाहकार यूगराज पान्डेले पानसमा बत्ती बाली सभाको उदघाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य आयोजक समितीको तर्फबाट चिकित्सक दिनेश सुवेदीले गरेका थिए ।
यसैगरि सभाको सभापतित्व वर्तमान अध्यक्ष चिकित्सक बिष्णु सापकोटाले गरेका थिए । उनले सॅस्थाले गरेका उपलन्धी र आगामी कार्यक्रम बारेमा प्रकाश पारे ।
चिकित्सक सापकोटाले यस बर्ष एनआईसिोओ /आईसियु जुन परियोजना केआईओसिएच अर्थात KIOCH को लागि ९६ हजार डलरको सहयोग गर्ने बताए । साथै उनले बीर अस्पतालको लागि १ लाख डलर , कर्णाली व्लड वैकको लागि १ लाख डलर सन २०२४ मा प्रदान गरेको जनाए ।
यसै गरि डा सापकोटाले स्थापना काल देखि ३०० वटा परियोजनामा काम गरि सकेको जानकारी दिए ।
यसैगरि कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्षको तर्फबाट दोबा ढकाल तथा महासचिवको प्रतिवेदन चिकित्सक नविन कैनीले प्रस्तुत गरे ।
यो कार्यक्रमको लागि नेपालबाट चिकित्सक भगवान कोईराला तथा नेपाल चिकित्सक सॅघका अध्यक्ष अनिल बिक्रम कार्की लगायतको उपस्थिती रहेको छ ।
प्रतिक्रिया