मिनेसोटाका राज्य सॅासद माथी हमला:  आफ्नै घरमा गोली हानी गम्भीर घाइते

इनेप्लिज २०८२ जेठ ३२ गते १४:४७ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान दुई डेमोक्र्याट सांसदहरू आफ्नै घरमा गोली प्रहारमा गम्भीर घाइते भएका छन्। 

मिनेसोटा राज्यका सिनेटर जोन हफम्यान र राज्य प्रतिनिधि मेलिसा होर्टम्यानलाई लक्ष्य बनाई गरिएको यस आक्रमणलाई अधिकारीहरूले “पूर्वनियोजित” हमला भनेका छन्।

प्रहरीका अनुसार हमलाकारीले प्रहरीको भेषमा नक्कली पोशाक लगाएर घरको ढोका खोल्न लगाएको र त्यसपछि गोली प्रहार गरेको जनाइएको छ।

 हमलाकारीले कालो शसस्त्र  र निलो पोशाक लगाएका थिए । आक्रमणस्थलहरू मिनियापेलिसको उत्तरमा पर्ने च्याम्पलिन र ब्रुकलिन पार्क( शहर)छन्, जुन एकअर्काबाट करिब ८ माइल टाढा छन्।

प्रभावशाली नेताहरूमा गनिने होर्टम्यान मिनेसोटा हाउस अफ रिप्रिजेन्टेटिभ्सकी पूर्व सभामुख(स्पिकर) पनि हुन्। अहिले चारै जना (हफम्यान, उनकी श्रीमती यवेट, होर्टम्यान, उनका पति मार्क) गम्भीर अवस्थामा अस्पतालमा छन्।

राज्यभरि सतर्कता आदेश जारी गरिएको छ र घटनास्थल नजिक तीन माइलको क्षेत्रमा सतर्कता जारी गरिएको छ। राज्य गभर्नर टिम वाल्जले आपतकालीन परिचालन केन्द्र सक्रिय गर्दै हमलाकारीको खोजीमा राज्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेका छन्।

यस हिंसात्मक घटनाले राज्यमा गहिरो चिन्ता र आक्रोश उत्पन्न गरेको छ। 

अनुसन्धान जारी छ भने एक जना संदिग्धलाई हिरासतमा लिइएको छ, तर अन्य सम्भावित हमलाकारी अझै फरार छन्।

प्रतिक्रिया