एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा कार्यक्रम आयोजना गरिंदै

इनेप्लिज २०८२ असार १ गते ०:३६ मा प्रकाशित

टेक्सास – हाल अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको संम्मानमा आइतबार डालस शहरमा एक स्वागत कार्यक्रम आयोजना गर्न लागिएको छ।

एनआरएनए अमेरिकाद्वारा डालसस्थित द गोर्खा बार एण्ड ग्रिल रेस्टुरेन्टमा आइतबार ( १५ जुन) अपरान्ह ४ बजे स्वागत कार्यक्रम राखिएको हो।

उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले डालसस्थित सबै नेपाली संघसंस्थाका अध्यक्ष लगायत पदाधिकारीहरु, समाजसेवी, व्यवसायी तथा एनआरएनएसंग आबद्ध अभियन्ताहरुलाई आमन्त्रण गरेको छ।

गत मे ३ र ४ तारिखमा काठमाडौँमा आयोजित एनआरएनको एकता महाधिवेशनद्वारा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो। अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो।

प्रतिक्रिया