अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको वेस्टवुडस्थित विलशायर संघीय भवनमा करिब २०० नौसेना सैनिकहरूको तैनाथी गरिएको छ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि आएको हो, जसअनुसार उनले २,००० भन्दा बढी राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) र ७०० नौसेना (मरीन)लाई शहरमा तैनाथ गरेका छन्। ट्रम्पले भने, “मैले सेना नपठाएको भए आज शहर जलिरहेको हुने थियो।”
यो कदमप्रति क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले कडा आपत्ति जनाउँदै यसलाई ‘तानाशाही निर्णय’ भनेका छन्। उनले अदालतमा मुद्दा दायर गरेपछि एक संघीय न्यायाधीशले बिहीबार राति ट्रम्पको आदेशलाई रोक लगाए, तर अपील अदालतले त्यस निर्णयलाई अस्थायी रूपमा उल्ट्यायो। अब जुन १७ मा पुनः सुनुवाइ हुनेछ।
मेजर जनरल (सैनिक उपरथी )स्कट एम. शर्मनका अनुसार नौसेनाहरू बिहीबार राति आइपुगेका थिए र शुक्रबार दिउँसोदेखि आफ्नो कार्य प्रारम्भ गरेका छन्। शर्मनले स्पष्ट पारे, “सैनिकहरू कानूनी कारबाहीमा संलग्न हुने छैनन्, उनीहरूको एकमात्र कार्य संघीय सम्पत्ति र अधिकारीहरूको सुरक्षा गर्नु हो।”
शुक्रबार एक नौसेनाले एक व्यक्तिलाई केही समयका लागि नियन्त्रणमा लिएको पुष्टि भएको छ। ती व्यक्ति २७ वर्षीय आप्रवासी र अमेरिकी सेनाका पूर्वसैनिक मार्कोस लाओ थिए, जसले आफूलाई प्रदर्शनकारी सम्झिएर नौसेनाहरूले रोकेको बताए।
लस एन्जलसकी नगर प्रमुख (मेयर )करेन बासले भने, “हामी शहरमा डर फैलाउने, विद्यालय र कारवासजस्ता स्थानमा छापा मारेर समस्या समाधान गर्न सक्दैनौं।”
प्रतिक्रिया