इजरायल रक्षा बल (आइडिएफ)ले इरानमा लक्षित हमलाहरू जारी राखेको र शनिबार बिहान इरानबाट प्रक्षेपण गरिएका धेरै मानवरहित यानहरूलाई रोकेको जनाएको छ।
यसैबीच, आपतकालीन सेवाहरूले बताएअनुसार राति भएको एक आक्रमणमा दुई जना (एक पुरुष र एक महिला) को मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । यससँगै इरानको जवाफी हमलाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
इजरायल रक्षा बलका अनुसार इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पत्ता लागेपछि देशका धेरै क्षेत्रमा सतर्कता सक्रिय गरिएको छ । आइडिएफले वायुसेनाले ती क्षेप्यास्त्रहरूलाई रोक्न काम गरिरहेको जनाएको छ।
शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषदबोल्दै इजरायलका संयुक्त राष्ट्रदूत ड्यानी ड्यानोनले इरान विरुद्ध सैन्य कारबाही गर्ने इजरायलको निर्णयलाई “राष्ट्रिय संरक्षणको कार्य” भन्दै बचाउ गरे । उनीहरूसँग अन्य कुनै विकल्प नभएकोमा जोड दिए।
“यो कार्य आवश्यक थियो किनभने यसको विकल्प सोच्न पनि सकिँदैनथ्यो। विश्वले हामीलाई कहिलेसम्म पर्खन अपेक्षा गरेको थियो ?” ड्यानोनले प्रश्न गरे।
इजरायली वायुसेनाले शनिबार बिहान तेहरानमा रक्षा प्रणालीहरूमा आक्रमण गरेको जनाएको छ। इजरायली वायुसेनाका सेनापतिका अनुसार रणनीतिक स्थानहरू र शत्रुको स्रोतहरूलाई क्षति पुर्याएको र आक्रमण जारी राख्ने बताए ।
सिएनएनका अनुसार इजरायली वायुसेनाका विमानहरूले सतह-देखि-हावा क्षेप्यास्त्र पूर्वाधार सहित दर्जनौं लक्ष्यहरूमा हमला गरेको छ । युद्ध सुरु भएदेखि पहिलो पटक इजरायली क्षेत्रबाट १,५०० किलोमिटर (९३२ माइल) भन्दा बढी टाढा तेहरानको क्षेत्रमा रक्षा प्रणालीहरूमा हमला गरेको छ ।
इरानले आफ्नो उत्तरपश्चिमी सीमा नजिकै सलमस नजिकै इजरायली मानव रहित यान (ड्रोन)हरू खसालेको राज्य-सम्बन्धित नूर न्यूजले शनिबारसमाचार मार्फत जानकारी दिएको छ ।
एक इरानी सरकारी संचारमाध्यमका सम्बाददाताका अनुसार तेहरानको एक आवासीय भवनमा इजरायली हमलापछि ६० जनाको मृत्यु भएको छ। इरानी दूरदर्शनले तेहरानको शाहराक-ए शहीद चामरान आवासीय कम्पाउन्डमा १४ तले भवनको भग्नावशेष हटाउँदै गरेका कामदारहरूको प्रत्यक्ष तस्बिरहरू देखाएको थियो।
एक आवासीय भवनमा ६ महिना जति सानो शिशु सहित २० जना बालबालिकाको मृत्यु भएको छ। दश शव अझै भग्नावशेषमुनि रहेको बताइएको छ। इरानका संयुक्त राष्ट्रदूत अमिर सइद इरावानीले शुक्रबार इजरायली हमलाबाट कम्तीमा ७८ जनाको मृत्यु भएको बताएका थिए।
तेहरानको मेहराबाद विमानस्थलमा रातभरि भएका इजरायली हमलाहरूले इरानी लडाकु विमानहरू राखिएको बिमान राख्ने स्थललाई निशाना बनाएको छ ।
प्रतिक्रिया