अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनस्थित संसद भवनमा आयोजना भएको नो किङ्ग्स अर्थात् “हामी कुनै राजाको शासन चाहँदैनौं।”‘ भन्ने विरोध प्रदर्शन कै बीच राज्य सांसदहरूलाई हत्या गर्ने धम्की आएको भन्दै एक संदिग्धलाई पक्राउ गरिएको छ।
टेक्सस जन सुरक्षा विभागका अनुसार ला ग्रेन्ज भन्ने व्यक्तिलाई टेक्ससमा गस्ती प्रहरीद्वारा गाडी रोकेर नियन्त्रणमा लिइएको छ ।
धम्कीपछि शनिवार दिउँसो १ बजे संसद भवन खाली गराइएको र सावधानी स्वरूप अस्थायी रूपमा बन्द गरिएको बिभागले जनाएको छ। यद्यपि, उनीहरूले अहिले “थप सक्रिय खतरा नरहेको” स्पष्ट पारेका छन्।
टेक्ससका उप-गभर्नर ड्यान प्याट्रिकले सामाजिक संजाल एक्समा लेखेका छन्, “आज संसद भवनमै राज्य सांसदहरूलाई हत्या गर्ने विश्वसनीय धम्की आयो।” उनले चेतावनी दिँदै भने “हामीले स्वतन्त्र अभिव्यक्ति र गुनासोलाई स्वागत गर्छौं, तर हत्या धम्की अपराध हो।”
साथ गभर्नर ग्रेग आबोटका प्रवक्ताले मिनेसोटामा भएको राजनीतिक गोलीकाण्ड को पनि उल्लेख गरे — जहाँ राज्य सांसद मेलिसा होर्टम्यान र उनका श्रीमानको हत्या भएको थियो भने अर्का सांसद जोन हफम्यान र उनकी पत्नी घाइते भएका छन्।
यसबीच, टेक्ससका अधिकारीहरूले थप सम्भावित आक्रमणबाट जोगिन सबैलाई सतर्क रहन आग्रह गरेका छन्। “धम्कीहरूलाई गम्भीरतापूर्वक लिनु जरुरी छ,” प्याट्रिकले भने।
टेक्सस सरकारद्वारा मिनेसोटा पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ।
प्रतिक्रिया