अमेरिकी विदेश विभागले इजरायलमा इरानसँगको बढ्दो द्वन्द्वका कारण “परिवारका सदस्यहरू र केही गैर-आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूको स्वेच्छिक प्रस्थान” लाई आइतबार अधिकार दिएको अधिकारीहरूले बताएका छन्।
इजरायल र इरानबीचको द्वन्द्वको परिणाम स्वरूप इजरायलमा रहेका अमेरिकी कर्मचारीहरूका लागि अमेरिकी दूतावासको ‘सेल्टर-इन-प्लेस’ (जहाँ छन्, त्यहीँ सुरक्षित रहनू) आदेश “अर्को सूचना नभएसम्म” लागू रहने विदेश विभागले एक सूचनामा जनाएको छ ।
उक्त सूचनामा भनिएको छ, “प्रस्थान गर्न चाहने अमेरिकी नागरिकहरूले व्यावसायिक यातायातका विकल्पहरूको फाइदा उठाउन ढिलाइ गर्नु हुँदैन।”
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराक्चीले आइतबार तेहरानमा राजदूतहरूको एक बैठकमा इजरायलले इरानमा गरिरहेको निरन्तर आक्रमण “संयुक्त राज्य अमेरिकाको सहमति र समर्थन बिना हुन सक्दैन” भन्ने दाबी गरे ।
अराक्चीले इजरायलले आणविक सुविधाहरूमा गरेको आक्रमणको निन्दा गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरे । अराक्चीले सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखसँग नतान्ज आणविक सुविधाहरूमा भएका आक्रमणबारे बैठक बोलाएको जानकारी दिए ।
विदेशमन्त्रीले अगाडी भने, “यदि आक्रमण रोकियो भने, स्वाभाविक रूपमा हाम्रा प्रतिक्रियाहरू पनि रोकिनेछन्।” अराक्चीले शनिबार राति इरानले इजरायलमा “आर्थिक” लक्ष्यहरूमा हमला गरेको पुष्टि गरे ।
अराक्चीले आणविक वार्तामा अमेरिका र इजरायलबीचको गतिरोधका लागि इजरायल जिम्मेवार रहेको पनि बताए । इजरायलको आक्रमणले आइतबार ओमानमा हुने तय भएको वार्तालाई खारेज गरेको छ।
प्रतिक्रिया