ग्लोबल फेस्ट २०२५ को स्वागत समारोह सम्पन्न
,नेपालको सांस्कृतिक र कलात्मक सम्पदाको भव्य प्रदर्शन

इनेप्लिज २०८२ असार १ गते १२:३३ मा प्रकाशित

अरोरा, कोलोराडो —
२०२५ जुन १२
ग्लोबल फेस्ट २०२५ को भव्य स्वागत समारोह नेपाली राजदूतावास, र नेपाल पर्यटन बोर्ड संयुक्त आयोजनामा सम्पन्न भयो। उक्त कार्यक्रमले नेपालका सांस्कृतिक, कलात्मक, र पाक परम्पराहरूलाई अन्तर्राष्ट्रिय समुदायसामु प्रभावशाली ढंगले प्रस्तुत गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरोरा शहरका मेयर माइक कफिन र अमेरिकी नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरण अ को सम्माननीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन आकर्षक शैलीमा युबेश धौभडेलले गरे। सांस्कृतिक प्रस्तुतिहरू अन्तर्गत सबिषा श्रेष्ठद्वारा कुमारी नृत्य,गेजुङ्ग,रिजे ,फुबू डोमा ,ज्यामु। केसंग र समूहद्वारा स्याब्रु नृत्य गरिएको थियो ।

त्यस्तै प्रतिक्षा ,.सिल्पा ,युरिका र एन्जेलद्वारा नेवाः धिमे नृत्य
दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याउने खालका रहे। समारोहमा अरोरा शहरका मेयर माइक कफम्यान र अमेरिकी नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरण बीच उपहार आदान प्रदान गर्ने क्रममा नेपालका पौभा कलाकार उजय बज्राचार्यद्वारा सिर्जित बुद्धको पौभा चित्र पनि प्रदान गरिएको थियो।

कोलोराडो नेपलिज कम्यनिटीद्वारा यस कार्यक्रमलाई विशेष रूप दिनको को लागी स्वस्ती राजभण्डारी कायस्तद्वारा परिकल्पना र समन्वय गरिएको नोस्टाल्जिक एक्सप्रेसन शीर्षकको नेपाली डायस्पोरा कलाकारहरूको कला प्रदर्शनी लागि विशेष आमंत्रण गरिएको थियो।

यो प्रदर्शनी उहाँले २०२४–२५ मा फुलब्राइट भिजीटिंग स्कलरको रूपमा एसियन आर्टस म्युजियम ,सान फ्रान्सिस्कोमा गरेका अनुसन्धानको साङ्गठित परिणाम हो।उक्त प्रदर्शनीमा ७ जना कलाकारका २४ वटा कलाकृति प्रदर्शन गरिएको थियो ।

पारंपरिक नेवाः भोजनको स्वाद टेस्ट अफ काठमाडौँद्वारा प्रस्तुत गरियो भने साथै रकी माउन्टेन मोमो ,राक्सी ,हिमालयन किचेन , नेपाल टी कलेक्टिभ तथा अलनक्रिता सेकोरेसन संस्थाहरूले कार्यक्रमलाई सहयोग पुर्‍याएका थिए ।

यो समारोहले नेपाली कला, संस्कृति, र आतिथ्य भावनालाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्ने ऐतिहासिक अवसर प्रदान गर्‍यो। राजदूतावासको प्रमुख आतिथ्य, पर्यटन बोर्डको सहभागिता, र कोलोरेडो नेपाली समुदायको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू, अमेरिकी सरकारका पदाधिकारीहरू, व्यापारिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरू, र विविध समुदायका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।


“जब बिनिशा श्रेष्ठले मलाई ग्लोबल फेस्टको सम्भावनाबारे जानकारी दिइन, म एकदम उत्साहित भएँ र तुरुन्तै समर्थन गरेँ – र आज हामी यहाँ उपस्थित छौं,” नेपालका उप नियोग प्रमुख शरदराज आरणले भावनात्मक रूपमा उल्लेख गर्नुभयो। “यो हाम्रो संस्कृति र पहिचानको उत्सव हो – हामी गर्वका साथ नेपाललाई विश्वसामु ल्याएका छौं,” कार्यक्रममा संयोजक बिनिशा श्रेष्ठले भनिन्।

थप जानकारीका लागि:

Email: [email protected]

प्रतिक्रिया