राष्ट्रपति ट्रम्पको सैन्य परेडमा सेनाको २५० औँ वार्षिकोत्सव, अमेरिकाभर हामीलाई राजा चाहिदैन भन्ने व्यापक बिरोध प्रदर्शन

इनेप्लिज २०८२ असार १ गते १०:३२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सव मनाउँदै शनिबार वाशिङ्टन डिसीमा भव्य सैन्य परेडको आयोजना गरे। सोही दिन उनले आफ्नो ७९औँ जन्मदिन पनि मनाए।

परेडमा हजारौं सैनिक, ट्याङ्क(कवचयुक्त युद्ध सवारी), सैनिक सवारी साधन, र दर्जनौं लडाकु विमान प्रदर्शन गरियो। डिसीको नेशनल मल नामक स्थलभर हजारौं हजार दर्शक उपस्थित भएका थिए।

राष्ट्रपतिलाई २१ तोपले सलामी सहित स्वागत गरिएको थियो। । उक्त समारोहमा प्रथम महिला मेलानिया ट्रम्प ,उपराष्ट्रपति जेडी भान्स उनकी पत्नी उषा भान्स र रक्षा सचिव पिट हेग्सेथ समेतको सहभागीता रहेको थियो ।

राष्ट्रपति ट्रम्पले भने “अन्य देशहरू आफ्ना विजय मनाउँछन्। अब अमेरिका पनि गर्वका साथ उत्सव मनाउनु पर्छ।”

तर, यसै दिन अमेरिका भरि न्नो किंग्स अर्थात् हामीलाई राजा चाहिदैन भन्ने नारा सहित विरोध प्रदर्शन भएको थियो । डिसी ,न्युर्योकदेखि लस एन्जलससम्म लाखौं प्रदर्शनकारी सडकमा उत्रिए। उनीहरू प्रजातन्त्रको पक्षमा र अधिनायकवादको विरोधमा नाराबाजी गर्दै थिए।

नो किंग्स अभियानकर्ताहरूका अनुसार सयौं शहरमा प्रदर्शन भयो । र , लाखौं नागरिक सहभागी भए। लस एन्जलसमा आप्रवासन छापामारीविरुद्ध जारी प्रदर्शन अझ चर्किएको थियो।

टेक्ससको अष्टिनमा संसद भवनअघि प्रदर्शन हुनुअघि राज्य सांसदहरूलाई हत्या गर्ने विश्वसनीय धम्की आयो र एक संदिग्ध पक्राउ परे । मिनेसोटामा भने डेमोक्र्याट सांसद मेलिसा होर्टम्यान र उनका श्रीमानको हत्या भएको थियो भने अर्का सांसद जोन हफम्यान घाइते छन्।

प्रतिक्रिया