अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भड्किएको दंगा नियन्त्रणका लागि राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) पठाउने आफ्नो निर्णयलाई “उत्कृष्ट” भनेका छन्।
उनले सामाजिक सञ्जालमार्फत क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजकम र लस एन्जलसकी नगर प्रमुख( मेयर) करेन बासलाई तीव्र आलोचना गरेका छन्।
“हामीले राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) नपठाएको भए, लस एन्जलस पूर्णरूपमा ध्वस्त भइसक्थ्यो,” ट्रम्पले लेखेका छन्। उनका अनुसार, राज्यका नेताहरूले अमेरिकाका जनतालाई झूट बोलेर यो हिंसात्मक दंगा नभई “शान्तिपूर्ण प्रदर्शन” भएको भनेर भ्रम फैलाइरहेका छन्।
ट्रम्पले गभर्नर न्युजकम र मेयर बासलाई व्यंग्यात्मक शैलीमा लक्षित गर्दै भने, “उनीहरूले भन्नु पर्ने हो: ‘धन्यवाद राष्ट्रपति ट्रम्प, तपाई बिना हामी केही होइनौं।’”
उनले दंगाको तस्वीर र श्रव्यदृश्य(भिडियो)ले सबै कुरा स्पष्ट पार्ने दाबी गरेका छन्। “हामी सधैं अमेरिकाका नागरिकलाई सुरक्षित राख्न आवश्यक कदम चाल्नेछौं,” ट्रम्पले लेखेका छन्, “ताकि हामी फेरि मिलेर अमेरिकालाई महान बनाउन सकौं।”
प्रतिक्रिया