संघीय सरकारको ट्रिलियन डलरको भुक्तानी नियन्त्रण गर्ने अत्यन्त संवेदनशील वित्तिय (ट्रेजरी )विभागको प्रणालीमा अब सरकारी दक्षता बिभागका कर्मचारीहरूले पहुँच पाउने भएका छन्।
अमेरिकी जिल्ला न्यायाधीश जनेट भर्गासले मंगलबार दिउँसो यो ऐतिहासिक आदेश दिएकी हुन्।
न्यायाधीश भर्गासले चार सरकारी दक्षता बिभागका कर्मचारीलाई संघीय सरकारले चेकबुक (धनादेश) जस्तै प्रयोग गर्ने निकाय) मा पहुँच दिन स्वीकृति दिएकी हुन्।
यससँगै अब ट्रम्प प्रशासनले सरकारी दक्षता बिभागका प्रतिनिधिहरूको पहुँच विस्तार गर्नको लागि अदालतबाट अलग्गै अनुमति लिनु नपर्ने पनि स्पष्ट भएको छ।
यो निर्णय ट्रम्प प्रशासन र डज दुवैका लागि ठूलो कानुनी जित मानिएको छ।
फेब्रुअरी महिनामा सरकारी दक्षता बिभागले वित्तिय विभागको भुक्तानी प्रणालीमा पहुँच खोजेपछि डेमोक्र्याटिक महान्यायाधिवक्ताहरुको समूहले सो कदम रोक्न मुद्दा हालेका थिए।
त्यसबेला न्यायाधीश भर्गासले अस्थायी रूपमा पहुँच रोक्दै डजलाई उचित तालिम र सीमासहित तथ्याक पहुँच प्रणाली विकास गर्न अनुमति दिएकी थिइन्।
प्रतिक्रिया