ट्रम्प प्रशासनद्वारा दक्षिण सुडानमा निर्वासन रोक्ने आदेशमाथि सर्वोच्च अदालतमा अपील — ‘अराजकता ट्रम्पले आफैं सिर्जना गरेको’ न्यायाधीशको टिप्पणी

इनेप्लिज २०८२ जेठ १४ गते २२:३८ मा प्रकाशित

वासिङ्टन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण सुडानमा प्रवासीहरूलाई निर्वासित गर्ने योजना अवरुद्ध गर्ने अदालतको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएको छ।

एपीका अनुसार मंगलवार ट्रम्प प्रशासनले आपतकालीन अपीलमार्फत अदालतलाई उक्त आदेश तुरुन्त रोकिनुपर्ने माग गरेको हो। केही घण्टाअघि मात्र संघीय न्यायाधीश ब्रायन मर्फीले प्रशासनमाथि “अराजकता आफैं सिर्जना गरिरहेको” आरोप लगाउँदै “तर्कले प्रचारमाथि जित गरोस्” भन्ने आशा व्यक्त गरेका थिए।

न्यायाधीश मर्फीले प्रशासनले अदालतको आदेश उल्लंघन गर्दै दक्षिण सुडानतर्फ निर्वासन उडान पठाएको पत्ता लगाएका थिए । जहाँ तीमध्ये केही व्यक्तिहरू अन्य देशका थिए तर अमेरिका भित्र आपराधिक दोषी ठहर भएका थिए। उनले भने, ती व्यक्तिहरूलाई त्यहाँ पठाउँदा खतरा हुनसक्ने आशंका उठाउने अवसर दिइनुपर्छ।

संघीय सरकारका तर्फबाट सरकारी कानूनी प्रतिनिधि डी. जोन साउरले लेखे, “यस्ता व्यक्तिहरूलाई तेस्रो मुलुक पठाउनु कूटनीतिक रूपमा निकै संवेदनशील प्रक्रिया हो, र अदालतको हस्तक्षेपले हामीलाई ठूलो क्षति पु¥याएको छ।”

मर्फीले भने, “मैले ट्रम्प प्रशासनलाई अत्यधिक लचकता र न्यूनतम निगरानीका साथ काम गर्न दिएँ, तर सरकारले मेरो प्रयासको दुरुपयोग गर्‍यो।”

यो घटनाले ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिमाथि अमेरिकी अदालतहरूले गरेको कठोर टिप्पणी र न्यायिक असहमतिको अर्को उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया