जर्मन चान्सलरको साहसी घोषणा: युक्रेनमा पठाइने हतियारको दूरी सीमामा अब कुनै रोक छैन — रुसको आणविक धम्कीलाई बेवास्ता

इनेप्लिज २०८२ जेठ १४ गते ११:०६ मा प्रकाशित

जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जले एक ऐतिहासिक निर्णय सार्वजनिक गर्दै युक्रेनलाई पठाइने हतियारहरूमा अब दूरी (रेञ्ज) सीमा लागू नहुने बताएका छन्। यो निर्णय अब अमेरिका, फ्रान्स र बेलायतजस्ता सबै पश्चिमी साझेदार राष्ट्रहरूमा लागू हुने उनले स्पष्ट पारेका छन्।

रुसले हालै युक्रेनमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र (मिसाइल) र मानव रहित यान (ड्रोन )आक्रमण गरेपछि चान्सलर मर्जले सामाजिक सञ्जाल एक्समा लेखे, “हामी युक्रेनलाई समर्थन गर्न हाम्रो सम्पूर्ण शक्ति प्रयोग गर्नेछौं। अब युक्रेनले आफ्नो सुरक्षा सुनिश्चित गर्न रूसी सैन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्छ।”

उनको अनुसार, अब युक्रेनले रूसी भित्री सैन्य संरचनाहरूमा पनि लामो दूरीका आक्रमण प्रयोग गर्न पाउनेछ — जुन पहिले निषेध गरिएको थियो।

यस घोषणासँगै मस्को आक्रोशित बनेको छ। क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले चेतावनी दिंदै भने, “यो निर्णय राजनैतिक समाधान खोज्ने हाम्रो प्रयासको प्रतिकूल छ। यदि पश्चिमले यो सीमा तोड्यो भने उनीहरू क्रेमलिनको प्रत्यक्ष निशाना बन्नेछन् – आणविक खतरा समेत सामना गर्नुपर्नेछ।”

चान्सलर मर्जले अघिल्लो साता लोकतन्त्रको रक्षाका लागि संविधान र कानूनी राज्यप्रणाली बलियो बनाउन जर्मनीलाई सजग रहन आग्रह गरेका थिए। उनले भने, “हाम्रो स्वतन्त्रता भित्रबाहिरबाट आक्रमणमा छ – त्यसैले हामीले प्रत्येक दिन लोकतन्त्रको रक्षामा उभिनुपर्छ।”

युक्रेनका लागि यो निर्णय युद्धको समीकरण बदल्ने निर्णायक मोड हुन सक्छ।

प्रतिक्रिया