युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा भीषण हवाई हमला, १२ जनाको मृत्यु 

इनेप्लिज २०८२ जेठ १२ गते ९:२७ मा प्रकाशित

रूसले युक्रेनको राजधानी कीभसहित देशका विभिन्न क्षेत्रमा लगातार दोस्रो रात भीषण मानव रहित यान( ड्रोन) र क्षेप्यास्त्र(मिसाइल) हमला गरेको छ। यो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र दर्जनौं घाइते भएको युक्रेनी अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन्।

रूसले रातभरि गरेको भीषण हवाई आक्रमणपछि आज युक्रेनका ३० भन्दा बढी सहर र गाउँहरूमा उद्धारकर्मीहरू खटिएका छन्। 

क्षतिग्रस्त भवनहरूमा आपतकालीन सेवाहरूले उद्धार र राहत कार्य जारी राखेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनतालाई साथ दिनेका लागि सबै उद्धारकर्मीहरूलाई धन्यवाद दिएका छन्।

युक्रेनी वायु सेनाका प्रवक्ता युरी इह्नातका अनुसार यो युद्ध सुरु भएयता कै सबैभन्दा ठूलो एकल हवाई आक्रमण हो, जहाँ रूसले कुल ३६७ मीनव रहित यान)ड्रोन) र  क्षेप्यास्स्त्र(मिसाइल) प्रहार गर्‍यो। तीमध्ये २९८ वटा मानव रहित यान(ड्रोन) प्रायः ईरानी शहेद र ६९ क्षेप्यास्त्र(मिसाइल )प्रयोग गरिएका थिए।

इह्नातले एसोसिएटेड प्रेससँग भने, “२०२२ मा पूर्ण मात्रामा आक्रमण सुरु भएयता युक्रेनको भूमिमाथि हवाई आक्रमण अस्त्रहरूको हिसाबले यो सबैभन्दा ठूलो हमला हो।”

आक्रमणका विषयमा रूसी पक्षबाट तत्काल कुनै टिप्पणी आएको छैन।

कीभको लागि यो दिन अझै पीडादायक बनेको छ  किनभने यस दिन कीभ डे अर्थात् पाँचौं शताब्दीमा शहर स्थापना भएको सम्झनामा मनाइने राष्ट्रिय पर्व परेको दिन थियो। 

तर पर्वको सट्टा शहर शोकमा डुबेको छ। सामान्य बासिन्दाहरूको घर, छात्रावास, विश्वविद्यालय र उद्योगहरूमा आक्रमण गरिएको थियो। 

कीभमा इतिहास विभागको छात्रावासमा प्रहार हुँदा विद्यार्थीहरू मारिएका छन्। बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ।

जेलेन्स्कीले भने, “हरेक यस्तो आतंकी आक्रमण रूसमाथिको नयाँ प्रतिबन्धको पर्याप्त आधार हो। अमेरिका र विश्वले चुप लागिरहनु पुटिनलाई अझ हिंस्रक बनाइरहेको छ।” उनले अमेरिका, युरोप र अन्य राष्ट्रहरूलाई “दृढ नीतिगत दबाबमार्फत रूसलाई युद्ध अन्त्य गर्न बाध्य पार्न” आह्वान गरेका छन्।

“शान्तिको कामना गर्ने संसारले अब निर्णायक दबाब सिर्जना गर्नुपर्छ। पुटिन क्षेप्यास्त्र होइन, युद्ध अन्त्यबारे सोच्न बाध्य हुनुपर्छ,”राष्ट्रपति जेलेन्स्कीले भने।

प्रतिक्रिया