अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको दूरभाष(टेलिफोन )वार्ता सम्पन्न भएको छ।
सीएनएनले अमेरिकी अधिकारी र रुसी सरकारी सञ्चार संस्था टासलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
अधिकारीका अनुसार ट्रम्प–पुटिनबीचको वार्ता करिब दुई घण्टा लामो रह्यो। वार्तापछि राष्ट्रपति ट्रम्पले छिट्टै आधिकारिक विवरण सार्वजनिक गर्ने जनाइएको छ।
टासका अनुसार राष्ट्रपति पुटिनले ट्रम्पसँगको कुराकानीलाई “खुला र गहन” भनेका छन्। वार्ताका क्रममा उनले युद्धविरामबारे आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको बताइएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई पनि दूरवार्ता गरेका थिए, जुन युक्रेनी राष्ट्रपतिको कार्यालयले पुष्टि गरिसकेको छ।
यी दुई वार्तालाई हेर्दा रुस–युक्रेन युद्धसँग सम्बन्धित महत्वपूर्ण कूटनीतिक प्रयासमा राष्ट्रपति ट्रम्प सक्रिय देखिएका छन्।
प्रतिक्रिया