शुक्रबार टर्कीमा सम्पन्न शान्ति वार्ताका क्रममा रूस र युक्रेनले ऐतिहासिक बन्दी आदानप्रदानमा सहमति जनाएका छन्।
अमेरिकी विदेशसचिव मार्को रुबियोको नेतृत्वमा भएको वार्तामा दुबै पक्षले १ हजार /१ हजार जनाको कैदी आदानप्रदान गर्ने सहमति गरेका हुन्, यद्यपि समय र स्थान हाल तय गरिएको छैन।
दुबै मुलुकले युद्धविरामबारे आफ्नो प्रस्ताव अगामी चरणमा प्रस्तुत गर्ने सहमति पनि जनाएका छन्।
वार्ता टर्कीको इस्तानबुलमा १ घण्टा ५० मिनेट चलेको थियो। टर्कीका विदेशमन्त्रीका अनुसार दुबै पक्ष सिद्धान्ततः फेरि भेट्ने प्रतिबद्धतासहित विदा भए।
यद्यपि, वार्तामा दुई प्रमुख नेताहरू अनुपस्थित रहे— युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की हाल अल्बानियामा छन् भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्कोमै रहेका छन्।
युक्रेनी अधिकारीहरूले पुटिन र जेलेंस्कीबीच प्रत्यक्ष भेटको प्रस्ताव गरेका छन्, जसलाई रूसी पक्षले “विचाराधीन” भन्दै प्रतिक्रिया जनाएको छ।
यो सहमति दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको युक्रेन-रूस युद्ध अन्त्य गर्ने दिशातर्फको महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया