कतार जानुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका नयाँ राष्ट्रपति अहमद अल-शराआसँगको भेटबारे टिप्पणी गर्दै उनलाई “धेरै राम्रो” नेताका रूपमा वर्णन गरे। ट्रम्पले भने, “उनि जवान र आकर्षक छन् । उनिसँग देशलाई सम्हाल्ने वास्तविक मौका छ।”
ट्रम्पले टर्कीका राष्ट्रपति रेसप तैयब एर्दोआन सँगको कुराकानी उल्लेख गर्दै भने, “म उनिसँग राम्रो सम्बन्धमा छु। उनले पनि नयाँ सिरिया नेतृत्वबाट राम्रो कामको आशा राखेका छन् ।”
सिरिया अहिले पूर्णरूपमा विघटित अवस्थामा रहेको उल्लेख गर्दै ट्रम्पले भने, “सिरियाले आफैंलाई ठिक गरेपछि अब्राहम सम्झौतामा सहभागी हुने सम्भावना छ, तर त्यहाँ अझै धेरै काम गर्न बाँकी छ।”
सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा ट्रम्पले इजरायललाई पहिले नै जानकारी दिइएको बारे स्पष्ट पारे । साथै, टर्की र साउदी अरबको आग्रहमा प्रतिबन्ध फिर्ता लिएको खुलासा गरे।
“मैले राष्ट्रपति एर्दोआन र मोहम्मदसँग कुराकानी गरेँ। उनीहरूले यो कदम निकै महत्त्वपूर्ण भएको बताए । “उनीहरूले सोचेका थिए कि यो काम गर्नु धेरै जरूरी छ, यसले सिरियालाई देशको रूपमा जोगिन ठूलो मौका दिन्छ,” ट्रम्पले भने।
ट्रम्पको यो कूटनीतिक प्रयासले सिरियाको पुनर्निर्माण, इजरायलसँगको सम्बन्ध, र मध्यपूर्वको समग्र शान्ति प्रक्रियामा नयाँ आयाम थप्ने संकेत दिएको छ।
प्रतिक्रिया