साउदी अरेबियाबाट कतार जाँदै गर्दा राष्ट्रपति विशेष विमान(एयर फोर्स वन) पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गर्दै भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई टर्कीमा हुने वार्तामा सहभागी हुन चाहेको बताएका छन्।
यद्यपि ट्रम्पले आफ्नो तालिका र विदेश भ्रमणका कारण त्यसबारे अझै निर्णय नगरेको बताए।
“उहाँले मलाई त्यहाँ चाहनुहुन्छ, र त्यो सम्भावना छ ।यदि युद्ध अन्त्य गर्न सकिन्छ भने म त्यसबारे सोच्नेछु,” ट्रम्पले भने।
पत्रकारले पुटिन अनुपस्थित भएमा के हुन्छ भन्ने प्रश्न गर्दा ट्रम्पले हाँस्दै भने, “ठिकै छ, मलाई थाहा छैन उहाँ आउनुहुन्छ कि हुन्न।”
पुटिनले युक्रेनसँग वार्तामा कसरी अगाडि बढिरहेका छन् भन्नेबारे प्रतिक्रिया दिन ट्रम्पले अस्वीकार गरे । र ,केही दिनभित्र त्यो प्रश्नको उत्तर दिन सक्ने बताए।
कतारको राजधानी दोहामा पुगेपछि उनलाई स्वागत गरिएपछि ट्रम्पले भने, “रूस-यूक्रेन वार्ताबाट आज, भोलि र सायद शुक्रबार केही राम्रो समाचार आउनेछ।”
प्रतिक्रिया