कतारमा ट्रम्पको ऐतिहासिक स्वागत: २४० बिलियन डलर सम्झौता

इनेप्लिज २०८२ जेठ १ गते १४:२५ मा प्रकाशित
Screenshot

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाल कतारको राजधानी दोहामा औपचारिक भ्रमणमा छन्, जहाँ उनको स्वागत उच्च स्तरीय सैन्य सम्मानसहित गरिएको छ। 

२४० बिलियन डलरको सम्झौता गरिएको छ।

राष्ट्रपति ट्रम्प र कतारी अमिर शेख तमीम बिन हमद अल थानीबीच महत्त्वपूर्ण सैनिक तथा आर्थिक सम्झौतामा हस्ताक्षर भयो। विशेषतः कतारले बोइङ कम्पनीसँग सैन्य विमान खरिदको सम्झौता गर्दै अमेरिका–कतार सुरक्षा साझेदारीलाई बलियो बनाएको छ।

तर, कतारले ट्रम्पलाई व्यक्तिगत रूपमा दिने प्रस्ताव गरेको लक्जरी बोइङ ७४७–८ विमानको उपहारले अमेरिका भित्रै विवाद निम्त्याएको छ। धेरै सांसदहरूले यसलाई नैतिकता र राष्ट्रिय सुरक्षासँग जोडेर आलोचना गरेका छन्।

यसैबीच, ट्रम्पले गाजाको द्वन्द्व समाधानमा कूटनीतिक पहल गर्दै इरानले हमास र हेजबुल्लाहलाई समर्थन रोक्नुपर्ने शर्तसहित शान्ति वार्ता अघि बढाएका छन्। ट्रम्पका विशेष दूत स्टिभ विटकोफ हाल दोहामा इजरायल हमासबीच युद्धविरामका प्रयासमा सक्रिय छन्।

ट्रम्पले साउदीमा सिरियाली नेता अहमद अल-शरासँग ऐतिहासिक भेट गर्दै अमेरिकी प्रतिबन्ध हटाउने घोषणा पनि गरेका छन्। यो भ्रमणले सम्पूर्ण मध्यपूर्व कूटनीतिमा नयाँ आयाम थप्ने संकेत देखिएको छ।

प्रतिक्रिया