WSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक

इनेप्लिज २०८२ वैशाख ३० गते २३:५४ मा प्रकाशित

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि विशेषरूपमा तयार पारिएको नयाँ iOS मोबाइल एप “MeroNEP” लाई हालै WSN IT Consulting USA ले सार्वजनिक गरेको छ। यस एपमा Forum, Directory, Listings, Events, Threads लगायत विभिन्न विशेषताहरू समावेश गरिएका छन्।

“MeroNEP” एपमा रहेको फोरममा Ride Share, Job Search, Room Finder, Immigration Q/A, र Community Announcements जस्ता सुविधाहरू उपलब्ध छन्। यसैगरी, Directory मा नेपाली व्यवसायहरूको सम्पर्क विवरण हेर्न सकिन्छ ।

Listings मा पुराना तथा नयाँ सामानहरू किनबेच गर्न मिल्ने सुविधा राखिएको छ। साथै, Events मा अमेरिकामा आयोजना हुन लागेका आगामी नेपाली कार्यक्रमहरूको जानकारी पाउन सकिने छ।

“MeroNEP” अमेरिकामा बस्ने नेपाली समुदायका लागि निर्माण गरिएको एप हो। विशेषतः यो एप नेपाली विद्यार्थीहरुका लागि निकै उपयोगी हुने देखिएको छ । यस पहिलो भर्सनमा समुदायको सल्लाह सुझावको अपेक्षा गरिएको छ ।

Download link:

https://apps.apple.com/us/app/meronep/id6670565786

(Only available in the USA)

प्रतिक्रिया