सार्वजनिक रात्री भोजको लागि डोनाल्ड ट्रम्प र साउदी अरबका राज कुमार मोहम्मद बिन सलमान डिर’इयाह पुगेका छन। जहाँ युनेस्कोको विश्व धरोहर स्थल रहेको छ।
उनीहरू नयाँ निर्माण परियोजनाहरूको भ्रमण पछि गल्फ कार्ट अर्थात् गल्फ खेल खेल्ने गाडीमा सवार भएका थिए। श्रब्यदृश्य (भिडियोमा )साउदी पारम्परिक संगीत र नृत्य प्रदर्शन हुँदै थियो। ट्रम्पका सल्लाहकार इलन मस्क पनि दोस्रो गल्फ गाडीमा देखिएका थिए।
ट्रम्पले साउदी-अमेरिकी लगानी मञ्चमा महत्वपूर्ण ध्वजा(व्यानर)मा भाषण दिँदै इरानको कडा आलोचना गरे। उनले इरानलाई आतंकवादको अर्थ सहयोग गर्नका लागि विश्वव्यापी प्रतिबन्धको सामना गरेको उल्लेख गरे। ट्रम्पले इरानको शासनको आलोचना गर्दै भने जेद्धा र दुबईमा संसारका सबैभन्दा अग्ला गगनचुम्बी भवनहरू निर्माण भै सकेका छन् भने तेहरानका १९७९ का प्रसिद्ध स्थल ध्वस्त भइरहेका छन् ।
उनले इरानका नेतृत्वलाई नयाँ मार्ग अपनाउन आह्वान गर्दै भने, “यदि इरानको नेतृत्वले अमेरिकी आणविक सम्झौतामा सहमति जनाएन भने हामीलाई अत्यधिक दबाब लगाउने बाहेक अन्य विकल्प छैन।” ट्रम्पले यस आशयमा इरानलाई चेतावनी दिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको संभावित वार्तामा ट्रम्पको उपस्थितिको सम्भावनाबारे संचार माध्यम (मिडिया)ले बहस गरेको छ। ट्रम्पले भने, “ सम्भव छ भने म त्यो दिन त्यहाँ जान चाहन्छु , तर यसका लागि पुटिनको सहभागिता महत्त्वपूर्ण छ।”
ट्रम्पले विदेश सचिव मार्को रुबियो सहित अन्य अधिकारीहरू युक्रेन-रुस वार्तामा भाग लिने बताए । उनीहरुको सहभागिताले भविष्यमा क्षेत्रीय शान्तिको पक्षमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रतिक्रिया