बाइडेनको प्रोस्टेटमा सानो गाँठो भेटियो

इनेप्लिज २०८२ वैशाख ३० गते १५:३४ मा प्रकाशित

भूतपूर्व राष्ट्रपति जो बाइडेनको हालै गरिएको शारीरिक परीक्षणमा उनको प्रोस्टेटमा सानो गाँठो भेटिएको छ भन्ने कुरा संचार माध्य मार्फत सार्वजनिक भएको छ।

एसोसिएटेड प्रेसका अनुसार उक्त पत्ता लगाई “थप मूल्यांकन आवश्यक” भएको बताइएको छ।

फक्स न्यूजका अनुसार बाइडेनको प्रवक्तासँग सम्पर्क गर्दा उनीहरूले कुनै प्रतिक्रिया नदिएको बताइएको छ। बाइडेनको राष्ट्रपतिकालीन अवधिमा उनको छातीबाट क्यान्सरयुक्त (अवुर्दरोगरहित)छालाको मासु निकालिएको थियो भन्ने जानकारी ह्वाइट हाउसले दिएको थियो।

भूतपूर्व ह्वाइट हाउस चिकित्सक केभिन ओ’कोनरले सन् २०२३ को फेब्रुअरीमा जानकारी दिँदै भनेका थिए कि बाइडेनको स्वास्थ्य मूल्यांकनका क्रममा छालाको नमुना निकालेर बायोप्सी गरिएपछि त्यसमा क्यान्सर भएको पुष्टि भएको थियो।

बायोप्सीको नतिजाले त्यो सानो गाँठो अर्थात् “बेसल सेल कार्सिनोमा” भएको देखायो, जुन प्रकारको छाला क्यान्सर(अबुर्द) प्रायः बढ्दैन ।

“सबै अबुर्दरोगयुक्त भागहरू सफलतापूर्वक हटाइएको छ। बायोप्सी गरिएको स्थानमा तत्काल विद्युतीय प्रकियाले जलाउने र खोप्ने विधिबाट उपचार गरिएको हो। थप उपचार आवश्यक छैन,” बाइडेनका चिकित्सकले लेखेका छन्।

ओ’कोनरले थप लेखेका छन्, “बायोप्सी गरिएको स्थान राम्ररी निको भएको छ। राष्ट्रपति बाइडेनले आफ्नो समग्र स्वास्थ्य निगरानी अन्तर्गत छालासम्बन्धी परीक्षण जारी राख्नेछन्।”

प्रतिक्रिया