ट्रम्पको मध्यपूर्व भ्रमणको पहिलो दिन: साउदी अरबमा ऐतिहासिक बैठक रात्री भोजन

इनेप्लिज २०८२ वैशाख ३० गते २१:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको रियादमा आफ्नो मध्यपूर्व भ्रमणको पहिलो दिन सम्पन्न गरी रिट्ज कार्लटन अतिथि गृहमा फर्किएका छन्। १२ घण्टाभन्दा बढीको व्यस्त दिनको अन्त्यमा उनले ओमर बिन साउद महलमा एक साउदीद्वारा आयोजना गरेको रात्री भोजनमा सरिक भै पहिलो दिन समापन गरे।

ट्रम्पको आगमनदेखि नै साउदी राज कुमार मोहम्मद बिन सलमान राष्ट्रपति ट्रम्पको साथमा थिए। दिनभरि दुबै नेता बीचको मैत्रीपूर्ण सम्बन्ध प्रकट भएको थियो। ट्रम्पले बिन सलमानको बारेमा भने, “हामी एकअर्कासँग धेरै माया गर्छौं।” उनले यो भ्रमणलाई “सम्मान” भन्दै आफ्नो र राज कुमार बीचको “विशाल सम्बन्ध” को प्रशंसा गरे।

यो भ्रमणका दौरान ट्रम्पले भर्खरै निर्वाचित सिरियाली राष्ट्रपति अहमद अल-शारा सँग पनि एक संक्षिप्त बैठक गर्ने योजना बनाएका छन्।

ट्रम्पले दिनको सुरुवातमा एउटा ऐतिहासिक वक्तव्य दिए । उनले मन्तब्यई क्रममा भने, “नयाँ पुस्ताका नेताहरू पुराना विवादहरूको पार गर्नुका साथै भविष्यलाई व्यावसायिकता र स्थिरताद्वारा परिभाषित गर्दैछन्, अस्थिरता र अराजकता होइन।”

प्रतिक्रिया