राष्ट्रपति ट्रम्प साउदी अरबमा भव्य स्वागतबीच अवतरण, मध्यपूर्व भ्रमण सुरु — रूस-युक्रेन र गाजामा शान्तिका लागि कूटनीतिक प्रयास तीव्र

इनेप्लिज २०८२ वैशाख ३० गते १०:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरबमा अवतरण गर्दै आफ्नो मध्यपूर्व भ्रमण सुरु गरेका छन्। यस महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमणको क्रममा उनले र उनका कूटनीतिज्ञहरूले रूस–युक्रेन युद्ध र गाजा भूभागमा शान्ति स्थापनाका लागि प्रयासलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

ट्रम्प चढेको राष्ट्रपति बिशेष बिमान (एयर फोर्स वन)लाई साउदी लडाकु विमानहरूले सुरक्षा दिँदै साउदी भूमिमा अवतरण गराएका थिए। विमानबाट ओर्लिएपछि ट्रम्पलाई २१ तोपध्वनिका साथ भव्य स्वागत गरियो। साउदी युवराज मोहम्मद बिन सलमानले राष्ट्रपति ट्रम्पलाई बैजनी गलैचामा स्वागत गरेका थिए।

ट्रम्प सिधै शाही दरबारतर्फ प्रस्थान गरेक छन् भने उनको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना भै रहको छ । भेटघाट पछि युवराजसँग उच्चस्तरीय बैठकहरू हुनेछन् र दुईदेशीय नयाँ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

यस भ्रमणको अर्को महत्वपूर्ण पाटो अमेरिकी–साउदी लगानी मञ्च हो, जहाँ राष्ट्रपति ट्रम्पले मन्तव्य दिनेछन् ।

यसैबीच, अमेरिका र चीनले गत सोमवार एक संयुक्त वक्तव्य जारी गर्दै पारस्परिक शुल्कहरू ९० दिनका लागि घटाउने निर्णय गरेका छन्। यस खबरपछि अमेरिकी सेयर बजारमा सकारात्मक संकेत देखिएको छ र सेयर मूल्यहरू उकालो लागेको छ।

ट्रम्पको यो भ्रमणले विश्व राजनीतिमा सशक्त प्रभाव पार्ने अनुमान गरिएको छ। साथमा विश्वकै धनाढ्य व्यक्ति इलन मस्क पनि साउदी पुगेका छन् ।

प्रतिक्रिया