५८४ दिन पछि घर फर्के इडन एलेक्ज्याण्डर

इनेप्लिज २०८२ वैशाख २९ गते २०:२४ मा प्रकाशित

हमासद्वारा बन्दी बनाईएका इडन एलेक्ज्याण्डर ५८४ दिनपछि आज घर फर्किए। हमासको बन्दीगृहमा लामो समय बाँचेर उनले परिवारसँग पुनर्मिलन गरे। गाजामा अझै ५८ जना अन्य अपहरित नागरिकहरू छन् ।

उनीहरूलाई घर फिर्ता ल्याउने हाम्रो कर्तव्य जारी रहेको भन्दै सामाजिक संजालमा इजरायली रक्षा बलले प्रतिबद्धता जारी गरेको छ ।

इजरायली रक्षा सेनाले हमासको विरुद्धमा आफ्नो लडाइँ जारी राख्ने जनाएको छ । साथै आतंकवादी खतरा हटाउन सबै मोर्चामा कारवाही चलाइ रहने बताएको छ । यसैगरी इजरायलले गाजा क्षेत्रका अन्य अपहरितहरूको सुरक्षा र पुनःमुक्तिको लागि पूर्ण प्रयास गर्नेछ।

एलेक्ज्याण्डरको घर फिर्तीले इजरायल र अन्य मुलुकका नागरिकलाई आशा र साहस प्रदान गरेको छ । तर अझै संकटमा रहेका अपहरितहरूको घर फर्काउने कार्य पुरा गर्न बाकी रहेको छ।

तस्बिर कृतज्ञता : आइडिएफ

प्रतिक्रिया