ट्रम्पको ऐतिहासिक घोषणा: औषधिको मूल्य ३०% देखि ८०% सम्म तुरुन्तै घटाउने कार्यकारी आदेश!

इनेप्लिज २०८२ वैशाख २८ गते २३:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् जसले अमेरिका भित्रका चिकित्सकको पूर्जी(प्रिस्क्रिप्सन) औषधि र औषधी निर्माण प्रतिष्ठान( फर्मास्युटिकल)का मूल्य “लगभग तुरुन्तै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म” घटाउनेछ।

ट्रम्पले आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसलमा लेख्दै भने, “धेरै वर्षदेखि विश्वले प्रश्न उठाउँदै आएको छ — किन अमेरिकामा त्यही प्रयोगशालामा, त्यही प्रतिष्ठानद्वारा निर्मित औषधिहरू अन्य देशको तुलनामा पाँचदेखि दस गुणा महँगो हुन्छन्?”

उनी अगाडी लेख्छन्, “यो सधैं अप्ठ्यारो र लाजमर्दो थियो, किनभने त्यसको कुनै साँचो जवाफ थिएन। औषधि कम्पनीहरूले वर्षौंसम्म अनुसन्धान र विकाश (रिसर्च र डेभलपमेन्ट) खर्चलाई दोष दिन्थे, तर ती सबै खर्च अमेरिकी उपभोक्तामाथि मात्र थोपिन्थ्यो।

उनीहरू चुनावी चन्दा दिएर नीति प्रभावमा ल्याउने गर्थे तर मसँग र रिपब्लिकन दलसॅग त्यो सम्भव छैन।”

ट्रम्पले यो आदेश डेमोक्र्याटहरूले पनि वर्षौंदेखि चाहेको विषय भएको बताए। “हामी सही काम गर्न गइरहेका छौं। त्यसैले म घोषणा गर्न चाहन्छु कि भोलि बिहान ९ बजे ह्वाइट हाउसमा म हाम्रो देशको इतिहासमै सबैभन्दा प्रभावशाली कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु।”

ट्रम्पका अनुसार यो कदमले अन्य देशहरूमा औषधिको मूल्य बढाउनेछ तर पहिलो पटक अमेरिकामा न्यायपूर्ण मूल्य फर्काउनेछ।

प्रतिक्रिया